जेठ १ जुम्ला Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  जेठ १ जुम्ला
२०८२, २६ चैत्र बिहीबार
जुम्ला - JML

जुम्लालाई स्याउ खेतीमा आत्मनिर्भर बनाइने

२०७६, १ जेष्ठ बुधबार ०९:१९

 जेठ १ जुम्ला । जिल्लालाई स्याउखेतीमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ खेतीका लागि ‘स्याउ सुपरजोन कार्यक्रम’ले यस्तो लक्ष्य राखेको हो ।  

स्याउ सुपरजोन कार्यक्रमले कृषक समूह, सहकारी, सरोकारवाला निकायसँग आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन गरेको हो । जुम्लालाई स्याउ खेतीमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ गाउँस्तरमा रहेका समूह, सहकारी, कृषक र सम्बन्धित पक्षसँग स्याउ सुपरजोनले परार्मश गर्दै आएको छ । 

खाली जमीनमा बढी स्याउ खेती गर्ने कृषकलाई विशेष प्राथमिकतामा राख्दै कार्यक्रम सञ्चालन गर्ने स्याउ सुपरजोनको लक्ष्य छ । जिल्लाका तीन गाउँपालिका र एक नगरपालिकाका कृषकले स्याउ खेतीका लागि सुपरजोनबाट सहयोग लिने व्यवस्था छ । कृषकलाई गुणस्तरीय स्याउ उत्पादन र बजारीकरणमा सुपरजोनले सहयोग गर्दै आएको कार्यालय प्रमुख टीकाराम शर्माले बताउनुभयो । जुम्लालाई स्याउ ब्लक क्षेत्रका रुपमा विकास गर्नुपर्ने प्रमुख शर्माले जानकारी दिनुभयो । 

कृषकले माग गरेको योजनालाई सुपरजोनले सम्बोधन गर्ने बताइएको छ । स्याउको बजारीकरणमा ध्यान दिनुपर्ने कृषकको सुझाव छ । स्याउ सुपरजोन सञ्चालक समितिका संयोजक मीनबहादुर डाँगीले कृषकको मागमा आधारित भएर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । जिल्लालाई स्याउ पकेट क्षेत्रका रुपमा विकास गर्न कृषक नै बढी सक्रिय हुन आवश्यक रहेको उहाँको भनाइ छ । जुम्लाका १८ हजार घरधुरीमध्ये १६ हजार घरधुरीमा स्याउको बगैँचा रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ भने यस वर्ष करीब रु ३३ करोडको स्याउ बिक्री वितरण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण