२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

गाडीमा गरिएको आगजनिको घट्नाप्रति नगरपालिकाद्धारा गम्भीर खेद प्रकट

१ जेष्ठ २०७६, बुधबार १३:४७

कमल रावल | जेठ १, अछाम | मंगलसेन नगरपालिकाको गाडी पूर्ण रुपमा नष्ट हुनेगरी भएको आगजनिको घट्नाप्रति मंगलसैन नगरपालिकाले गम्भीर खेद प्रकट गरेको छ । बैशाख ३१ गते राति सवा २ बजे अज्ञात समूहले आगजनी गरि नगरको गाडी पूर्णरुपमा ध्वस्त बनाएपछी नगरपालिकाको २१ औँ बोर्ड बैठक मार्फत आपत्ति जनाउदै प्रेस बिज्ञप्ति मार्फत घोर भत्र्सना र निन्दा ब्यक्त गरिएको हो । 

गाडी जनप्रतिनिधिको ब्यक्तिगत सम्पति नभई जनताको सम्पति भएकाले सार्वजनिक सम्पती माथि आगजनि गर्ने जो कोहि गिरोह भएपनी पत्ता लगाएर कानुनको कठघेरामा ल्याउन सहयोग गरिदिन कार्यबाहक नगर प्रमुख सरिता उपाध्यायले आग्रह गर्नुभयो । नगर परिषर भित्रै रहेको सरकारि सम्पति माथि यसरि आगजनि गर्ने जो सुकैलाई पनि छुटाकारा नहुने प्रेस बिज्ञप्ति मार्फत भनीएको छ । 

घटनाको सत्य तथ्य छानविनको लागि समिति गठन गर्न बसेको आकस्मिक बोर्ड बैठकले वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारिको सयोजकत्वमा ५ सदस्यिय छानविन समिति समेत बनाएको छ । समितिमा वडा नम्बर ३ अध्यक्ष पदमसिह भाट, ५ का अध्यक्ष हरि प्रसाद ढुगाना, लेखापाल दिपक प्रसाद भण्डारि, नायव सुब्बा खगेन्द्र प्रसाद उपाध्याय सदस्य रहनुभएको छ । छानविन समितिले सत्य तथ्य प्रतिवेदन तयार पार्ने र दोषिलाई पत्ता लगाउन सबैलाई सहयोग गरिदिन समेत आग्रह गरेको छ । 

नगरपालिकाको बा २ झ ३६९४ नम्बरको गाडीमा मंगलबार राति अज्ञात समूहले आगजनि गरेपछी गाडी पूर्णरुपमा जलेर नष्ट भएको थियो । नगरप्रमुख पदमबहादुर बोहरा चढ्ने उक्त गाडी मंगलसैन नगरपालिकाले करिब १ बर्ष अघि १ करोड २० लाखमा खरिद गरेको थियो । घट्नाबारे अनुसन्धान भैरहेको अछाम प्रहरीले जनाएको छ ।


नेकपा अछामको पनि गम्भीर ध्यान आकर्षण

यसैविच नेपाल कम्युष्टि पार्टी(नेकपा) जिल्ला कमिटी अछामले गएराती मंगलसैन नगरपालिकाको गाडि माथि अज्ञात समूहले गरेको आगजनीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल कम्युष्टि पार्टी(नेकपा) जिल्ला कमिटी अध्यक्ष शेरबहादुर कुँवरद्धारा आज जारी प्रेस विज्ञप्तिमा सार्वजनिक सम्पत्तिमाथि अराजक ढंगले आगजनि गर्नु आपत्तिजनक भएको भन्दै भत्सना गरिएको छ । 

आफ्ना कुनै असन्तुष्टि भए कानूनी तवरले समस्याको समधान गर्नुको सट्टा सार्वजनिक सम्पत्ति माथि आगजनि गर्नुको कानूनी राज्यको उपहास भएको अध्यक्ष कुँवरद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । घट्नामा संलग्घन जो सुकै भएपनि पक्राउ गरी कानूनी कार्वाहीको लागि माग गर्दछौ प्रेस विज्ञप्तिमा भनिएको छ । सम्पूर्ण स्थानीय तह, जिल्लास्थित कार्यालय स्थानमा सुरक्षा व्यवस्था मजवुत बनाउन समेत सम्बन्धित पक्षलाई विज्ञप्तिमा मार्फत आग्रह गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला