2026-09-01 03:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा सडक बोर्डको कर उठाउने ढाटमा सर्वसाधारणले आगो लगाए

जेठ ३, चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा सर्वसाधारणले आज आगो लगाएका छन् । आगो नियन्क्रणका त्रममा प्रहरी सहायक निरीक्षक गम्भीर घाइते हुनुभएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहका अनुसार बिहान ११ बजेको समयमा ३०/४० जनाको समूहले पेट्रोल छर्किएर ढाटमा आगो लगाएका हुन् । सो क्रममा आगो नियन्त्रणको प्रयास गर्दा त्यहीँ कार्यरत प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते हुनुभएको हो । 

शाहका अनुसार खड्काको हात, खुट्टा, शरीर र टाउकामा आगोले पोलेको छ । घाइते खड्काको गम्भीर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । आगलागीबाट ढाटमा रकम सङ्कलन गर्न कर्मचारी बस्ने गरेको काउण्टर पूर्णरुपमा क्षति भएको शाहले बताउनुभयो । 

पूर्वी चितवनवासीले यसअघि नै सो ठाउँबाट ढाट हटाउन स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए । शाहले चितवन क्षेत्र नं १ (ख) का प्रदेशसभा सदस्य कृष्ण खनालको नेतृत्वमा आगो लगाइएको बताउनुभयो । तर खनालले भने आफू घटना हुँदा सो स्थलमा भए पनि आफ्नो नेतृत्वमा आगो लगाउने काम नभएको भन्दै आक्रोशित जनताले आगो लगाएको बताउनुभयो ।

प्रहरी प्रशासनले ठेकेदारसँग आर्थिक प्रलोभनमा परी त्यहाँ ढाट राख्न दिएको भन्दै अब तत्काल ढाट नहटाए स्थानीयवासीले सहेर नबस्ने खनालले बताउनुभयो । उहाँले ढाटलाई सीमा क्षेत्रमा लैजानुपर्ने बताउनुभयो । आफ्नै सदरमुकाम आउँदा–जाँदासमेत राजश्व तिर्नु परेपछि पूर्वी चितवनवासी मर्कामा परेको उहाँको भनाइ छ । 

ढाटमा आगो लगाएको आरोपमा प्रहरीले रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीलाई पक्राउ गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला