2026-09-19 04:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सार्वजनिक सुनुवाईमा निर्माण व्यवसायी नआउदा स्थानीय आक्रोशित

चिसाङ शेर्पा, जेठ २, खोटाङ  । दिक्तेल–खोटाङबजार सडकखण्ड अन्तरगत तावा खोलामा बन्ने पक्की पुलको बारेमा आयोजना गरिएको सार्वजनिक सुनुवाईमा निर्माण व्यवसायी नै उपस्थित नभएपछि स्थानीयहरु आक्रोशित भएका छन् । साकेला गाउँपालिका–५ मात्तिम र दिपु्रङ चुइचुम्मा गाउँपालिका–७ टेम्माको सिमाना तावा खोलामा पक्की पुल नहुंदा वर्षौदेखी शास्ती खेप्दै आएका स्थानीयहरु बल्ल पुल बन्ने भएपछि आयोजना गरिएको सार्वजनिक सुनुवाईमा पुलको ठेक्का पारेको निर्माण व्यवसायी उपस्थित नहुंदा स्थानीय, सरोकारवाला तथा जनप्रतिनिधिहरु आक्रोसित भएका हुन् ।

अब त्यहाँ ४० मिटर लम्बाईको स्टिल प्लेट ग्रर्डर पुल बन्ने भएको छ । पूर्वाधार विकास कार्यालय उदयपुर र निर्माण व्यवसायीबिच २०७५ बैशाख २१ गते सम्झौता भएपछि बुधबार पुल निर्माण हुने बारेमा गरिएको सार्वजनिक सुनुवाईमा नेशनल महाविर र सिद्धि साई जेभि निर्माण सेवाका तर्फबाट प्रतिनिधि उपस्थिती नहुंदा दुई गाउँपालिकाका स्थानीय, जनप्रतिनिधिहरु निर्माण व्यवसायीसँग आक्रोसित भएको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । सम्झौता भएको वर्षदिन गुजारेर पूर्वाधार विकास कार्यालयले सार्वजनिक सुनुवाई गर्दा निर्माण व्यवसायीका तर्फबाट कोही पनि प्रतिनिधि उपस्थित नहुंदा पुल बन्ने विषयमा शंका पैदा भएको  अध्यक्ष राईले बताए ।

स्थानीय सडक पुल सहयोग इकाईको प्राविधिक सहयोग र प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको ४ करोड ५१ लाख ३५ हजार १९५ रुपैयाँ लागतमा बन्ने पुल २०७७ बैशाख २१ गते सम्पन्न हुनुपर्ने छ । सम्झौता भएर सार्वजनिक सुनुवाई गर्दा निर्माण व्यवसायीहरु जनता सामू आएर निर्धारित समयमा पुल बनाउने प्रतिबद्धता जनाउनुको सट्टामा उपस्थित नै नहुंदा स्थानीय जनताहरु आक्रोस र निराश भएका छन् । पम्प लिन इन्डिया आएकाले नभ्याएका कारण सार्वजनिक सुनुवाईमा जान नसकिएको र जनतासामू गएर भाषण गर्नुभन्दा काम गर्नु पहिलो विषय भएको नेशनल महाविर र सिद्धि साई जेभि निर्माण सेवाका प्रतिनिधि कर्ण खत्रीले बताए । दुईपटी पिल्लर र बिचमा फलाम राख्नुपर्ने भएकाले फलाम बनाउनका लागि कार्यालयले ड्रोइङ नदिएको र ड्रोइङ दिन निवेदन पेश गरेको उनले बताए ।

फलाम तयारीसँगै जेठभरीमा मात्तिमतर्फ पिल्लर बनाइ सकिने र असोज÷कात्र्तिकमा टेम्मातर्फ पिल्लर बनाईने छ । फागुन÷चैत्रमा फलाम जोडेर सम्झौता म्यादभित्र नै पुल निर्माण सकिनेमा कुनै शंका नभएको प्रतिनिधि खत्रीले बताएका छन् । साइड लिएको १५÷२० दिनमा निर्माण व्यवसायीले पिल्लरका लागि एउटा खाल्डो बनाउने काम गरिरहेको छ । खोलामा पक्की पुल नहुंदा दुबै गाउँपालिकाका स्थानीयहरुलाई दैनिक जनजीबन चलाउन समस्या भइरहेको छ । खोलामा पुल नभएकै कारण सोही खोलाले एकवटा यात्रुवहाक बस बगाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई