२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहाको पन्चाबति मन्दिर मेलामा लाखौ भक्तजनहरुको भीडभाडमा एकको मृत्यु

२०७६, ५ जेष्ठ आईतवार ०८:०४

जेठ ५, सिरहा | सिरहाको लहन नगरपालिका १७ ढोढनास्थित रहेका राजदेवी मन्दिरमा शनिबारको दिन बली चढाउने लाखौँ भक्तजनहरुको भीड देखियो । सो भीडभाड र गर्मीको कारण मानिसहरु निकै समस्यामा परे ।

सनिबार अहिंशा र शान्तीका प्रतिक गौतम बुद्धको जन्मजयन्तीका दिन लहान स्थित राजदेवी पञ्चावती मन्दिरमा हजारौं पशुपंक्षीको बली दिने गरिएको छ । पछिल्लो समयमा राजदेवी मन्दिर बाराको गढीमाई मन्दिरपछि दोस्रो धेरै संख्यामा बलि दिइने  मन्दिरको रुपमा लिने गरिन्छ । राजदेवी मातालाई भाकल गरे सन्तान प्राप्ति हुने, रोग ब्याधीबाट मुक्ति मिल्ने र मनोकांक्षा पुरा हुने जन विश्वास रहेको छ ।

सोही कारण बली चढाउन र मेला हेर्न राजदेवी मन्दिरमा भक्तजनहरुको भिड लाग्ने गरेको छ । यो मन्दिरमा आफ्नो भाकल पुरा गर्न पशुपंक्षीको बली दिन सिरहा, सप्तरी, उदयपुर, धनुषासहित छिमेकी मुलुक भारतको बिहार राज्यबाट समेत श्रद्धालुहरु आउने गर्दछन ।


सिरहाको लहान बजारदेखि करिब ६/७ किलोमिटर उत्तर भेगमा ढोढनाको बानो गाउँदेखि करिब ५०० मिटर उत्तर पुर्वमा पर्ने चुरेको छेउमा सानो डाँडामाथि रहेको राजदेवि मन्दिरमा वर्षभरि गरेको मनोकामना पुरा भएको विश्वासमा एक वर्षमा एक दिन बैशाख शुक्ल पूर्णिमाकै दिन बली चढाउने परम्परा रहेकोले सो ठाउमा बली चढाउने भक्तजनहरुको ठुलो भिड लाग्दै आएको छ । 

यही क्रम सनिबार सिरहाको सुखिपुर नगरपालिका २ बस्ने  ४०/४५  बर्षको गोपाल यादवलाई गर्मी र भीडमा बोका-खसी चढाउने क्रम्मा बेहोस भए । बेहोश भएका यादबलाई उनको आफन्तले अस्पताल लैजाने क्रममा मृत्यु भएको छ । मृत्यु भएको यादब‌‌को सव पोस्ट मार्टमको लागी लहान स्थित राम कुमार उमाप्रसाद स्माग अस्पतालमा राखिएको ईलाका प्रहरी कार्यलका डिएसपी राजेश थापाले जानकारी दिनुएको छ ।


- सिरहाबाट महेश सिंह महतोको सहयोगमा प्राप्त समाचार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू