२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दी र मुस्ताङको सिमानामा जिप खस्दा एकको मृत्यु, सात घाइते

२१ कार्तिक २०७२, शनिबार २१:०४

कात्तिक २२, म्याग्दी । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा शनिबार साँझ जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

जोमसोमदेखि म्याग्दीको बेनी आउँदैगरेको ध१ज ९३६९ नंको जिप सडकबाट खस्दा बेनी नगरपालिका– ७ का २६ वर्षीय राजेन्द्र केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका पाँचजनालाई जिल्ला अस्पतालमा प्राथमिक उपचार गरी राति नै पोखरा पठाइएको र दुईजनाको बेनीमा उपचार भइरहेको छ । घाइते हुनेमा बेनपा– ६ का २८ वर्षीय मन्दीप शाक्य, उनकी श्रीमती २६ वर्षीया गीता र तीन वर्षीया छोरी युनिक शाक्य छन्।

यस्तै बेनपा– ९ का २५ वर्षीय हरि चोखाल, बेनपा– ७ का ३० वर्षीय राजकुमार केसी, सोही ठाउँकी ३१ वर्षीया भवानी केसी र उनकी दुई वर्षीया छोरी निपुल केसी पनि घाइते छन् । मुस्ताङ भ्रमण पछी फर्कंदै गरेका उनीहरु चढेको जिप साँझ ७ बजे सडकदेखि दुई सय मिटर तल कालीगण्डकी किनारमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…