२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

५ जेष्ठ २०७६, आईतवार १६:४६

जेठ ५, भरतपुर । चितवनमा आज छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । 

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको  ना ६ ख ५९७१ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको बा ७७ प ६६६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौँ महानगरपालिका–८ गोँगबुका ३० वर्षीय अनुप खड्काको मुत्यु भएको हो । गम्भीर घाइते खड्काको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै आजै नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर–२९ सत्रकिलोमा दुई मोटरसाइकल ठोक्किदा काठमाडौँ महानगरपालिका–५ का शेखर नगरकोटीको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढततर्फ आउँदै गरेको बा ६३ प १४५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो ।

सडकमा पल्टिएको मोटरसाइकलमा सोही दिशाबाट आउँदै गरेको ग १३ प ८५९० नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा घाइते नगरकोटीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बा ६३ प १४५८ नम्बरको मोटरसाइकलमा सवार सोलुखुम्बुको सल्लेरी नगरपालिका–७ का २५ वर्षीय सुशील घतानी घाइते भएका छन्  । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो