२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङमा जंगलको विषाक्त च्याउ खाँदा तीनजनाको मृत्यु

२०७६, ६ जेष्ठ सोमबार ११:२८

जेठ ६, बेसीसहर । लमजुङमा विषाक्त च्याउ खाँदा तीन जनाको ज्यान गएको छ ।

 विषाक्त च्याउबाट गम्भीर बिरामी परेका क्व्हालोसोंथर गाउँपालिका–९ गिलुङका ५० वर्षीय सुलबहादुर क्षेत्री, उनका १२ वर्षीय छोरा मन्तोष क्षेत्री र छिमेकी १० वर्षीय साजन क्षेत्रीको ज्यान गएको  हो ।सुलबहादुरकी श्रीमती सरिताको काठमाडौंस्थित ओम अस्पतालमा उपचार भइरहेको छ ।

 विषाक्त जंगली च्याउ सेवनपछि बिरामी भएका उनीहरुलाई उपचारको लागि पोखरास्थित गण्डकी मेडिकल कलेज लगिएको थियो ।  गण्डकी मेडिकल कलेजमा उपचार हुन नसकेपछि उनीहरुलाई काठमाडौंको  नेशनल अस्पताल लगिएको थियो । बिहीबारदेखि उपचार सम्भव नभएपछि फर्काइएका सुलबहादुरलाई पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसीयुमा राखिएको थियो ।

सुलबहादुरको छोरा मन्तोषको उपचारको क्रममा  नेशनल अस्पतालमा गत बिहीबार नै मृत्यु भएको थियो ।  काठमाडौंबाट उपचार सम्भव नभएपछि घर फर्काइएका साजनको गत सोमबार गाउँमै मृत्यु भएको थियो ।

साजनको बुवा रामबहादुर क्षेत्री र आमा तारा क्षेत्री उपचारको लागि पोखरा गएको र साजन घरमा एक्लै हुने भएपछि छिमेकीको घरमा बस्न लगाइएको थियो ।

 जंगली च्याउ प्रायः खाने खालका हुँदैनन् । च्याउ चिनेर मात्रै खानुपर्ने स्वास्थ्यर्कीहरुको सुझाव छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ