२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कंचनपुरमा माटोको ६०० नमूना परीक्षण

७ जेष्ठ २०७६, मंगलवार ०८:५६

जेठ  ७, कञ्चनपुर  । कञ्चनपुरको भीमदत्त नगरपालिकामा माटोको ६०० नमूना परीक्षण गरिएको छ । माटोका नमूना परीक्षण अभियानअन्तर्गत भीमदत्त नगरपालिकाद्वारा सञ्चालित ‘घुम्ती माटो परीक्षण शिविर’ कार्यक्रममा १६ वटै वडाका विभिन्न स्थानका माटोको ६०० नमूना परीक्षण गरिएको हो । 

माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुरको सहयोगमा भीमदत्त नगरपालिका तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइअन्तर्गत धान जोन इकाइद्वारा सञ्चालित शिविरमा सङ्कलन गरिएको माटोका नमूना परीक्षण गर्दा अधिकांशमा प्राङ्गारिक पदार्थको कमी, अम्लीयपन र क्षारियपनलगायत अधिक देखिएको छ । 

कुनै नमूनामा फोस्फोरसको मात्रा अधिक र कुनैमा पोटास र नाइट्रोजनको मात्रामा कमी देखिएको त्यसमा संलग्न प्राविधिकहरुले बताउनुभयो । 

कस्तो माटोमा कुन खेती उपयुक्त हुन्छ । माटोको खाद्य शक्ति बढाउन के गर्नुपर्छ । उत्पादन कसरी बढाउन सकिन्छ लगायतका कुरामा किसानलाई सचेतना दिन नगरपालिकाले माटो परीक्षणको कार्य अगाडि बढाएको नगरप्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । 

“शिविरबाट किसानलाई माटो परीक्षणसम्बन्धी सचेतना बढ्ने र माटोको खाद्य शक्ति सुधार भई बढी उत्पादन भएर त्यसबाट राम्रो लाभ लिन सक्ने विश्वास लिएका छौ”, उहाँले भन्नुभयो । माटो तथा मल परीक्षण केन्द्रका वरिष्ठ माटो विज्ञ रामदरार यादवले माटो परीक्षणप्रति किसान सचेत हुन नसकिएको अवस्थामा यो कार्यक्रमले सचेतना अभिवृद्धिमा टेवा पु¥याउने बताउनुभयो ।

“अधिकांश ठाउँको माटोमा प्राङ्गारिक पदार्थ कम देखिएको छ”, उहाँले भन्नु्भयो, “हरियो मल, कुखुराको सुली, झारपात लगायतका प्राङ्गारिक पदार्थ प्रयोग गरी यसमा सुधार गर्न सकिन्छ ।”

वडा नं ६ बाट सङ्कलन गरिएको माटोको नमूना परीक्षण गर्दा फोस्फोरसको मात्रा बढी देखिएको छ भने वडा नं ३ मा यो कम देखिएको छ । डिएपी मलको अत्यधिक प्रयोगले फोस्फोरसको मात्रा बढी देखिएको हो । त्यस्तै पोटास र नाइट्रोजनको मात्रा पनि कम पाइएको माटो विज्ञ यावदले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो