2026-09-03 02:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगारमा बेथिति बढ्दा दक्ष नेपाली कामदारको माग घट्दै, सीप र योग्यतामै प्रश्न !

वैदेशिक रोजगारमा जान बिचौलियाबाट कामदार छनौट गरेर सबै तयारी पुरा गरेपछि मात्र सार्वजनिक रुपमा बिज्ञापन हुने गरेको छ । यसो हुनुमा श्रम-मन्त्रालयकै अनुगमन संरचना कमजोर हुनुलाई औल्याईएको छ । वैदेशिक रोजगारमा प्रतिष्पर्धी रुपमा कामदारको उपस्थितिको अभावको कारण रोजगारदातासम्म पुग्ने कामदारको योग्यतालाई लिएर गम्भीर प्रश्न उठाउने अवस्था रहेको छ ।

काठमाडौं । पछिल्ला केही वर्षयता नेपालबाट वैदेशिक रोजगारीमा जाने दक्ष कामदारको माग घट्दै गएको पाइएको छ । जानाकारहरूका अनुसार यसको प्रमुख कारण श्रम मन्त्रालयको गैरजिम्मेवार नीति, कमजोर व्यवस्थापन, बेथिति संरक्षणमा भूमिका, मिलिमतो र वैदेशिक रोजगारदातासँग प्रभावकारी समन्वयको अभाव हो । यसको प्रत्यक्ष असर नेपालमा भित्रिने रेमिट्यान्समा समेत छ ।

नेपालबाट वैदेशिक रोजगारमा जाने अधिकांश युवाहरुले सीपनै नसिकी तथा काम गरेको अनुभव भएको भन्दै नक्कली प्रमाणपत्र पेश गरेर रोजगारीमा जाने गरेको बर्षौं भएको छ । त्यसो त सीप सिकेरै गएपनि गुणस्तरीय सीप सिकाई युवाहरुले पाएकै छैनन् । रोजगारको कार्यक्षत्रमा बिभिन्न देशका युवाहरुसँग प्रतिष्पर्धा गर्दा नेपालीहरुको सीप र योग्यता अभावकै कारण तल्लो तहमा काम गर्न बाध्यता छ । कागजमा मात्र अनुभव र सीप सिकेको प्रमाण पत्र हुने तर वास्तविकतामा केहि कुरा नजानेका युवा सम्बन्धित रोजगारमा जोडिदा नेपाली कामदारप्रति रोजगारदाताले हेर्ने दृष्टिकोण क्रमश बदलिदो छ ।

यसैको प्रभावमा लामो समयदेखि विदेशका ठूला कम्पनीहरुबाट नेपालमा उच्च तहका कामदारहरुको माग क्रमश घट्दै गएको बताइएको छ । अधिकांश रोजगारदाताले नेपाली कामदारमाथि विश्वास नगरेकै कारण कतिपय रोजगारदाताले बिभिन्न म्यानपावर कम्पनीसँग मागपत्र प्रमाणीकरण अगावै रोजगारमा जोडिन चाहेकाहरुको बायोडाटा माग्ने गरेको पाइएको छ । तर म्यानपावरहरुमा बिचौलियाहरुको गहिरो प्रभावको कारण रोजगारदाता कम्पनीहरुमा प्रतिष्पर्धी कामदारनै पुग्ने गरेका छैनन् । बिचौलियाहरुले जस्ता कामदार म्यानपावरमा जोडे तिनै कामदारको बायोडाटा मात्र रोजगारदातालाई पुग्ने गरेको छ । जसको कारण नेपालमा आवश्यक जनशक्तिनै पाउने/नपाउने अन्यौलता रोजगारदातामा छ ।

श्रम मन्त्रालयले १० बर्ष अघि फ्री भिसा फ्री टिकट लागू गरेदेखिनै यो समस्या झनै बढेको पाइएको छ । म्यानपावरहरुले रोजगारमा जान चाहेका युवाहरुसँग सरकारले तोके भन्दा बढी अशुली गर्नको लागि रोजगारमा सिधा पहुँच दिईरहेका छैनन् । साथै लक्षित युवाहरुमा रोजगारदाताको माग अनुसार बिज्ञापन पुग्ने गरि पहुँचनै दिएका छैनन् । सकेसम्म बिचौलियाहरु मार्फत जोडिएका युवाहरुलाई मात्र अन्तर्वार्तामा समावेस गर्दै आएका छन् । बिचौलिया मार्फत जोडिएका युवाहरुलाई पेशा जानेको तथा कामको अनुभव भएको नक्कली प्रमाणपत्र बनाइदिएरै भएपनि अन्तर्वार्तामा छिराउने गरिएको छ । यसरी बिचौलिया मार्फत चर्को लागत सम्झौता गरेपछि सजिलै नक्कली प्रमाणपत्रको आधारमा रोजगारमा जोडिन पहुँच बन्ने अवस्थाको कारण वास्तविक सीप सिक्ने र अनुभवी बन्ने कुरामा युवाहरुलाई बाध्यता छैन । यसरि जोडिएका युवाहरु रोजगारमा पुगेपछि कमजोर सावित भईरहेका छन् । जसले गर्दा रोजगारदाताले नेपाली कामदारलाई हेर्ने दृष्टिकोण समेत गिर्दो छ ।

वैदेशिक रोजगारको अवसर भन्दै दैनिक आउने अधिकांश बिज्ञापनहरुमाथि गम्भीर प्रश्न उठ्ने गरेका छन् । रोजगारको अवसर भन्दै आउने बिज्ञापनहरुलाई आधार मानेर सम्बन्धित म्यानपावरमा फोन सम्पर्क गर्दा औपचारिकताको लागि मात्र बिज्ञापन गरिएको थाहा हुन्छ । सरकारको कानुनी प्रक्रिया पुरा गर्नको लागि मात्र बिज्ञापन गर्ने गरेको विषय सामान्य भने होइन । नेपालको संबिधानमा रोजगारमा सबैको समान पहुँच र अवसर हुनुपर्ने भनिएपनि वास्तविकतामा बिचौलियाहरुको पहुँचमा मात्र वैदेशिक रोजगार क्षेत्र रुमल्लिएको छ । बिचौलियाले आफ्नो हातमा पासपोर्ट भएका र रोजगारमा जोडिंदा चर्को लागत बुझाउन तयार भएको निश्चित गरेर मात्र अधिकांश अन्तर्वार्तामा घुसाउने गरेको अवस्था छ । यसरी घुसाउदा दक्षतानै नभएकाहरुलाई दक्षताको नक्कली प्रमाणपत्र बनाएर पठाइन्छ भने दक्ष कामदारहरु त्यस्ता अन्तर्वार्ताबारे जानाकार समेत नहुने समेत गरेको पाइएको छ ।

सबैभन्दा बेथिति के छ भने बिचौलियाबाट कामदार छनौट गरेर सबै तयारी पुरा गरेपछि मात्र सार्वजनिक रुपमा बिज्ञापन हुने गरेको छ । यसो हुनुमा श्रम-मन्त्रालयकै अनुगमन संरचना कमजोर हुनुलाई औल्याईएको छ । वैदेशिक रोजगारमा प्रतिष्पर्धी रुपमा कामदारको उपस्थितिको अभावको कारण रोजगारदातासम्म पुग्ने कामदारको योग्यतालाई लिएर गम्भीर प्रश्न उठाउने अवस्था रहेको छ ।

म्यानपावर व्यवसायीकै कुरालाई मान्ने हो भने विगत केही वर्षमा प्रविधि, स्वास्थ्य, निर्माण र होटल व्यवस्थापन जस्ता क्षेत्रमा दक्ष कामदारको मागमा गिरावट आएको छ । ठूलो संख्यामा माग दिने खाडी राष्ट्रहरुबाट पछिल्लो समय क्लिनर र लेवरको डिमाण्डहरुमात्र बढि आईरहेका छन् । यी राष्ट्रहरुबाट पहिला ठूला-ठूला रोजगारदाताहरुले नेपाली कामदार माग्ने गरेको अवस्था भएपनि क्रमश घट्नुमा नेपाली कामदारको दक्षता माथि गम्भीर प्रश्न खडा भएको छ । रोजगारदाताहरुले नेपालमा दक्ष कामदारनै नपाउने गरेको गुनाशो गर्ने गरेका छन् । धेरै तलब र सेवा-सुविधा हुने पदहरुमा नेपाली कामदारहरुको माग घट्नुमा वैदेशिक रोजगार क्षेत्रमा भएको बेथितिनै प्रमुख कारण मानिएको छ । रोजगारदाताले दक्ष कामदार छनौटक लागि भारत, फिलिपिन्स र भियतनामतर्फ बढी आकर्षित भइरहेका बताइएको छ ।

श्रम मन्त्रालयले वैदेशिक रोजगार प्रवर्द्धन गर्ने नीति प्रभावकारी रूपमा लागू गर्न नसक्दा समस्या जटिल बन्दै गएको छ । नवीनतम नीति निर्माणमा ढिलाइ हुनुसंगै श्रम मन्त्रालयले दक्ष कामदारको निर्यात बढाउने नयाँ नीति निर्माण गर्न सकेको छैन । योसंगै रोजगारदातासँग संवादको समेत अभाव छ । नेपाली कामदारहरुलाई प्रतिस्पर्धी मुलुकहरूका कामदारसँग भिड्न सक्ने गरि तयार पार्नु सरकारको काम हो । यसको जिम्मेवारी श्रम मन्त्रालयको हो तर श्रम मन्त्रालय बेथितिकै रजगजमा रमाईरहँदा नीति सुधारमा तत्परनै छैन ।

नेपालले नेपाली कामदारलाई अरु देशको युवासँग भिड्न सक्ने गरि प्रशिक्षण तथा सीप विकासमा लगानी गरेको छैन । बिभिन्न मन्त्राललले तालिमको नाममा बर्षेनी अर्बौं पैसा बाड्ने गरेका छन् तर त्यसको प्रभावकारीतामाथी गम्भीर प्रश्नहरु उठेका छन् । श्रम बजार अनुसार कामदारहरूलाई आवश्यक तालिम प्रदान गर्नेतर्फ सरकारले पर्याप्त चासो देखाएको छैन ।

जब दक्ष कामदार रोजगारमा जोडिदैनन् तब नेपाली कामदारले पाउने सेवा-सुविधामा समेत असर पर्छ । नेपालीले पाउने तलबमा समेत असर पुग्छ । बैदेशिक रोजगारको बेथिति बढेसँगै बिभिन्न बिचौलिया मार्फत विदेश पुगेका युवाहरुले भनेजस्तो काम नपाउने, तलब नपाउने जस्ता समस्या बढ्नु सम्बन्धित निकायकै कमजोरी हो । यो कमजोरीको कारण रेमिट्यान्समा समेत प्रत्यक्ष असर परिरहेको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को एक महत्त्वपूर्ण अंश रेमिट्यान्सले ओगटेको छ । तर, दक्ष कामदारको घट्दो मागका कारण रेमिट्यान्स प्रवाहमा असर पर्न थालेको अवस्था छ ।

लाखौँ युवा विदेशमा छन् तर उनीहरुले औशतमा पठाउने तलब मान क्रमश कम छ । वैदेशिक रोजगारमा भएको बेथितिकै कारण विदेशमा कामदारहरुले अबैधानिक माध्यम हुण्डीबाट पैसा पठाईरहेको समेत पाइएको छ । रोजगारमा जोडिएको युवाले पठाउने पैसा हुण्डीको कारण विदेशमै रोकिनु नेपालको अर्थतन्त्रलाई पर्ने ठूलो मार हो । यसमा सरोकारवाला पक्षहरु मौन छन् ।

नेपालको श्रम मन्त्रालयले आफ्नो नीतिगत कमजोरी सच्याउन नसक्दा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरूको अवसर झन् खुम्चिँदै गईरहेको छ । यसले व्यक्तिगत रूपमा कामदारहरूलाई मात्र असर गरिरहेको छैन । यसले देशको समग्र आर्थिक वृद्धिमा पनि नकारात्मक प्रभाव पारिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन