Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कास्की केन्द्रबिन्दु भएर आज बिहान गयो भूकम्प

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ । कास्की केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको मादी गाउँपालिकाको सैमराङ आसपास केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको बताए |

भूकम्पको धक्का महसुस कास्की र आसपासका जिल्लामा गरिएको थियो । भूकम्पले क्षति पुर्‍याएको विवरण भने आएको छैन ।