२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुविविका सबै क्याम्पसका प्रमुखको कार्यकक्षमा तालाबन्दी

७ जेष्ठ २०७६, मंगलवार १४:३०

जेठ ७ लम्की । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा प्राध्यापक र कर्मचारीले सबै क्याम्पसका प्रमुखको कार्यकक्षमा आज तालाबन्दी गरेका छन् । विश्वविद्यालयअन्तर्गतका शिक्षक कर्मचारीले आफूहरुले तलबभत्ता नपाएको भन्दै तालाबन्दी गरेका हुन् ।

सरकारको निर्णयानुसार समायोजन गरेका १४ क्याम्पसमा कार्यरत २१७ शिक्षक कर्मचारीले विगत ११ महीनादेखि तलब पाएका छैनन् । “राजनीतिक दाउपेचको शिकार बनेको सुदूरपश्चिम विश्वविद्यालय पछिल्लो पटक यस्तै अस्थिरताका कारण सङ्कटमा परेको छ”, सुप विश्वविद्यालय प्राध्यापक सङ्घ टीकापुर बहुमुखी क्याम्पस एकाइ समितिका सभापति रामप्रसाद तिवारीले भन्नुभयो । उहाँले विश्वविद्यालयको आङ्गिक टीकापुर बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा आज सङ्घले तालाबन्दी गरेको बताउनुभयो ।” 

एकाइ समितिका सभापति तिवारीले यसै आर्थिक वर्षको साउन १ गतेदेखि १४ क्याम्पसमा समायोजन नियुक्ति पाएका शिक्षक कर्मचारीको तलबभत्तालगायतको बजेट विश्वविद्यालयसभाबाट पारित भएता पनि हाल नपाएकाले तालाबन्दी गर्न बाध्य भएको बताउनुभयो । “एक हप्तामा समस्या समाधान नगरिए क्याम्पसको प्रशासनिक तथा शैक्षिक क्रियाकलाप बन्द गर्छौं”, तिवारीले भन्नुभयो ।

सुदूर पश्चिम विश्वविद्यालयका निमित्त रजिष्ट्रार डा गोविन्दसिंह विष्ट भने विश्वविद्यालय सभाको बैठकपछि समायोजनका सबै समस्या समाधान हुने बताउनुहुन्छ । डा विष्टले विश्वविद्यालय सभाको निर्णयानुसार भत्ता र सञ्चयकोष हुने गरी अहिले आधारभूत तलब क्याम्पसको खातामा निकासा गरिसकिएको बताउनुभयो । कार्यकारी परिषद्ले समायोजन भएका शिक्षक कर्मचारीका लागि असहज नहुने गरी सभामा प्रस्ताव लैजाने आश्वासन आफूहरुले दिएको भए पनि प्राध्यापक र कर्मचारीले नमानेको विष्टले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला