२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देश नं १ लाई दुव्र्यसनमुक्त बनाइने : मुख्यमन्त्री राई

२०७६, ८ जेष्ठ बुधबार ०६:४१

जेठ ८, इनरुवा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई दुव्र्यसनमुक्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 सुनसरी सदरमुकाम इनरुवामा मङ्गलबार जिल्ला प्रहरी कार्यालय सुनसरी र इनरुवा नगरपालिकाले सञ्चालन गरेको समुदाय–प्रहरी साझेदारी दुव्र्यसनविरुद्धको अभियान कार्यक्रमको उद्घाटन गर्नुहँुदै मुख्यमन्त्री राईले सो कुरा बताउनुभयो ।

उहाँले दुव्र्यसनले समाजमा आपराधिक गतिविधिका घटना बढाउने भएकाले यसको न्यूनीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मुख्यमन्त्री राईले प्रदेश सरकारले दुव्र्यसनविरुद्धको अभियानका लागि ‘सगरमाथा टिम क्लब गठन गरेर हामी अगाडि बढौँ’ भन्ने मूल नाराका साथ प्रदेशभरिका युवाको सक्रिय सहभागितामा दुव्र्यसनलाई न्यूनीकरण गर्नका लागि काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं १ का उद्योग पर्यटन वन तथा वतावरणमन्त्री जगदीशप्रसाद कुसियैतले काठमाडौँपछि सुनसरी आपराधिक र दुव्यर्सन गतिविधि हुनेमा दोस्रो जिल्लाका रुपमा रहेकाले यस्ता गतिविधिलाई निस्तेज पार्नका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश नं १ का प्रतिपक्षी दलका नेता राजीव कोइरालाले प्रहरीले सञ्चालन गरेको दुव्र्यसनविरुद्धको कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लामा दुव्र्यसनलाई न्यूनीकरण गर्नका लागि १६ विद्यालयमा फ्रेन्ड क्लब गठन गरेर अभियान सञ्चालन गरेको छ । कार्यक्रममा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवकुमार खड्का, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, प्रदेश नं १ का वरिष्ठ प्रहरी उपरीक्षक किशोरकुमार दाहाल, जिल्ला समन्यव समिति सुनसरीका उपप्रमुख कृष्णकुमारी विक, पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्कालगायतकाले दुव्र्यसनविरुद्ध ऐक्यबद्धता जनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ