२१ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बोहरागाउँमा तिज विशेष कार्यक्रम सुरु

३० भाद्र २०७२, बुधबार २१:१२

photo 1कृष्ण कँडेल । भदौ ३१, बागलुङ । वृहस्पती युवा क्लव बोहरागाउँ कानबगरको पहिलो बार्षिकोत्सव तथा ३ दिने तिज विशेष कार्यक्रम सुरु भएको छ ।

तिजगित प्रतियोगिता, भलिवल प्रतियोगिता, नृत्य प्रतियोगिता लगायतका विविध कार्यक्रमहरु आयोजना गरिएको तिज विशेष कार्यक्रमको वुधबार कानबगरमा उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै पश्चिमाञ्चल भालिवल संघका सल्लाहकार एवं ईमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपालीले तिज महिलाहरुको अधिकार र स्वतन्त्रतासँग जोडिएको चाड भएको बताउनुभयो । अध्यक्ष नेपालीले तिजको मौलिकतालाई बचाउँदै महिला सचेतना बृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले पहिल्लो समय तिज भड्किलो भएको भन्दै विकृति र भड्किलोपन हटाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बुतिबाङ्ग बस व्यवसायि समितिका अध्यक्ष चन्द्रलाल अर्याल, समाजसेवि रामप्रसाद आचार्य, पत्रकार लोकेन्द्र सुनार लगायतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा चार जना ज्यष्ठ नागरिकलाई जनहि १ हजार सहित सम्मान गरिएको थियो भने गत बर्षको प्रवेशिका परिक्षा एसएलसीमा निसी, बोहरागाउँ र देविस्थान गाविसबाट प्रथम हुने तिन जना विद्यार्थीलाईपनि सम्मान गरिएको थियो । एकजना अपाङ्गगता भएका व्यक्तिलाई पनि नगद १ हजार ५ सय रुपैयाँ सहित सम्मान गरिएको क्लवले जनाएको छ । भोलीसम्म चल्ने कार्यक्रम उद्घाटनको अवसरमा स्थानिय पहिला समुह, आमा समुह लगायतले तिजगित तथा नृत्य प्र्र्रश्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि देवकुमार नेपालीले स्थानिय विभिन्न संघसस्थाहरुलाई २ लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गर्नुभएको थियो । उहाँले कार्यक्रमको आयोजक वृहस्पती युवा क्लवलाई नगद ८० हजार, जन मावि बोहरागाउँलाई एक जना शिक्षकको तलव एक बर्षको तलवको लागि मासिक ६ हजारका दरले ७२ हजार, विद्यालयको भौतिक सुधारम खर्च गर्ने गरि २५ हजार, बोहरागाउँ महिला विकाश समितिलाई १० हजार, स्थानिय झिम्पा आमा समुहलाई ५ हजार र प्रवेशिका उतिर्ण विद्यार्थी सम्मान, ज्यष्ठ नागरिक सम्मान, अपाङ्गता सम्मान लगायतको लागि १० हजार ५ सय रुपैयाँ प्रदान गर्नुभएको हो ।

रकम प्रदान गर्दै अध्यक्ष नेपालीले दुर्गम क्षेत्रको विकाशमा सहयोग पु¥याउने उदेश्यले रकम प्रदान गरेको बातउनुभयो । उद्घाटन कार्यक्रम क्लवका अध्यक्ष नवराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एलिट कप: पुलिसविरुद्ध आर्मी १२१ रनमा अलआउट, ललितले लिए ७ विकेट पर्वतको पीपलटारीमा ग्याँसको रेगुलेटर लिक हुँदा १ जनाको मृत्यु, २ घाइते मनाङेको मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक, दुई वर्ष चार महिना कैद बस्नुपर्ने(पूर्णपाठ) युट्युबर मनोज मानव फेरि पक्राउ ‘पूर्ण बहादुरको सारंगी’को सफलतापछि निर्देशक पौडेलले घोषणा गरे नयाँ फिल्म भारतमा हेलिकप्टर दुर्घटना, कम्तीमा ३ जनाको मृत्यु के हो चीनमा देखिएको ‘एचएमपिभी’ भाइरस, कति खतरनाक, कसरी बच्ने? छोराको हत्या आरोपमा ७९ वर्षीय बाबु पक्राउ मोरङ कारागारमा सजाय काटिरहेका कैदीको मृत्यु एक हप्ताअघि घरबाट भागेका १७ वर्षीय युवायुवती जङ्गलमा मृत फेला रास्वपाले गठन गर्‍यो संविधान परिमार्जन सुझाव कार्यदल नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत पुरस्कृत जय ट्रफी : दुबै खेल जारी, पुलिस र मधेसको राम्रो सुरुवात माओवादी स्थायी समिति बैठक सकियो, के के एजेन्डा तय भए? सर्वेन्द्र खनालप्रति गोकुल बास्कोटाको कटाक्ष :आफ्नो स्वार्थका लागि आएकाहरू लाभ लिएर गए काठमाडौँको होटेलमा युवती मृत घटना : फरार युवक पनि झुन्डिएको अवस्थामा फेला आज आइतबार घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ करोबार? खराब मौसमका कारण जय ट्रफी क्रिकेट प्रभावित, टस पनि हुन सकेन दीपेन्द्र, रोहित, आसिफसहित यी खेलाडीले गुमाउने छन् एलिट कप, किन? बिरामले तेजिलो देखिएका बालकलाई समाजले ‘भाइरल’ बनाएर गरिरहेको अपराध