२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन सरोकारवाला प्रतिबद्ध

१३ जेष्ठ २०७६, सोमबार १३:१०

टेकराज भण्डारी | जेठ १३, अछाम | ओलिगाउँ स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवालाई अझै प्रभावकारी बनाउन सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य चौकीबाट प्रबाह हुने सेवा सुविधाका बारेमा आज आयोजित सामाजिक परिक्षण कार्यक्रमका सहभागि सरोकारबालाले प्रतिबद्धता जनाएका हुन् । 

मंगलसैन नगरपालिकाको सहयोग, सुदूर संचार समाज नेपालको सहजीकरण तथा ओलिगाउँ स्वास्थ्य चौकीको आयोजनामा भएको सामाजिक परिक्षणमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मंगलसैन ८ का वडा अध्यक्ष हिरण्ड बोहराले सामाजिक परिक्षणले सेवा सुविधा प्रभावकारी बनाउन प्रेरणा दिएको भन्दै आफुले पनि स्वास्थ्य व्यवस्थापनका लागि आफ्नो तर्फबाट सहयोग गर्ने बताउनु भयो । स्वास्थ्य चौकीमा खानेपानी, सडक लगायतका सुविधाका लागि वडा तथा नगरबाट सहयोग गर्ने बताउनु भयो । 

स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ९ का अध्यक्ष झपट रावलको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष रावलले आफुले स्वास्थ्यको व्यवस्थापनका लागि सहयोग गरिहेको र आगामी दिनमा खानेपानी, सडक, कम्प्युटर लगायतका सामग्रीका लागि पहल गर्ने बताउनु भयो । सामाजिक परिक्षणमा स्वास्थ्य संस्थाको समग्र सेवा, आर्थिक, भौतिक पक्ष लगायतका बारेमा जानकारी गराउँदै ईन्चार्ज टेकबहादुर नेगीले संस्थामा खानेपानीको ठुलो समस्या रहेको भन्दै समाधानका लागि आग्रह गर्नुभयो । वडामा सबै गर्भवति महिला स्वास्थ्य संस्थामा सुत्केरी भएका, नयाँ भवन, बर्थिङ सेन्टर व्यवस्थापन भएको, विद्युतीय हाँजिरी जडान गरिएको, सबै बालबालिकालाई पूर्ण खोप दिईएको, नियमित गर्भजाँच लगायतका क्षेत्रमा उल्लेख्य सुधार भएको बताउनु भयो । 


कार्यक्रमबाट स्वास्थ्य संस्थाको सुधारका लागि विभिन्न कार्ययोजना समेत तयार गरिएको छ । कार्यक्रममा नेपाली कांग्रेसका बहादुरसिंह बिष्ट, मंगला नेरा माविका व्यवस्थापन समिति अध्यक्ष भैरब बोहरा, स्वयंसेविका लक्ष्मी रावल लगायतले सुझाव दिएका थिए । अनमी रामेश्वरी रावलले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण सुदूर संचार समाजका कृष्ण बहादुर बुढाले गर्नुभएको थियो । सोही कार्यक्रम भोली कुन्तीबण्डाली स्वास्थ्य चौकीमा हुने भएको छ । सुविधाका बारेमा सामाजिक परिक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला