२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४३ लाख युवा वैदेशिक रोजगारीमा

२०७६, १४ जेष्ठ मंगलवार ११:२९

अशोक घिमिरे, जेठ १४, काठमाडौँ  । युवालाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रम ल्याएइपनि स्वदेशमा रोजागरीका उपयुक्त अवसर नभएको भन्दै ४३ लाख युवा रोजगारीको खोजीमा विदेशिएका छन् । 

आर्थिक वर्ष २०७४/७५ सम्म ४३ लाख ६५ हजार ४१५ युवा वैदेशिक रोजगारीमा गएको सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । तीमध्ये ४१ लाख ६७ हजार ३१० पुरुष र एक लाख ९८ हजार १०५ महिला रहेका छन् । वैदेशिक रोजगारीमा जानेमध्ये दक्ष कामदारको सङ्ख्या निकै कममात्र रहेको छ । १।५ प्रतिशत दक्ष कामदार वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै अर्धदक्ष २४ प्रतिशत र अदक्ष कामदार ७४।५ प्रतिशत वैदेशिक रोजगारीमा गएका छन् । 

आव २०७५/७६ को फागुन मसान्तसम्म सबैभन्दा बढी युवा रोजगारीका लािग मलेसिया गएका छन् । मलेसियामा ३०।०१, कतारमा २७।४, साउदी अरबमा २०।०२, संयुक्त अरब इमिरेट्स ९युएई० १३।१ र अन्य मुलुकमा ९।२ प्रतिशत रहेका छन् । 

आव २०७४/७५ मा तीन लाख ३९ हजार १३८ पुरुष र २२ हजार ८०३ महिला गरी तीन लाख ६१ हजार ९४१ कामदार वैदेशिक रोजगारीमा गएका थिए । चालू आवको फागुन मसान्तसम्म एक लाख ५६ हजार ९३ कामदार वैदेशिक रोजगारीमा गएका छन् । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या पछिल्ला वर्षमा घट्दो क्रममा रहेको छ । 

चालू आवको पहिलो आठ महीनाको अवधिमा ५४ हजार ३९ युवा श्रम स्वीकृति लिएर कतार, दुई हजार ७११ मलेसिया, २७ हजार ४१९ साउदी अरेबिया, ४० हजार ८६५ संयुक्त अरब इमिरेट्स र १० हजार ८६ कुवेत गएका छन् । त्यस्तै तीन हजार ११७ बहराइन, एक हजार ७३६ ओमन, दक्षिण कोरिया चार हजार १४२, लेबनान चार, इजराजय ४६, एक हजार सात अफगानिस्तान, ५४७ जापान र १० हजार ३७४ युवा अन्य मुलुक गएका छन् । 

सरकारले संस्थागत रुपमा ११० वटा देशलाई वैदेशिक रोजगारीका लािग खुल्ला गरेको छ । त्यस्तै व्यक्तिगतरुपमा वैदेशिक रोजगारीमा जाने प्रयोजनका लािग भने १६७ भन्दा बढी देश खुल्ला गरिएको छ । सरकारले ११० मुलुकलाई संस्थागत रुपमा वैदेशिक रोजगारमा जान खुला गरेको छ । व्यक्तिगत श्रम स्वीकृतिमा १७२ मुलुकमा नेपाली कामका लागि वैदेशिक रोजगारीमा गएका छन् । हाल लिबिया र इराकमा काम गर्न जान श्रम स्वीकृति दिने कार्य स्थगित गरिएको छ । 

नेपाली कामदारको मुख्य गन्तव्यका रुपमा मलेसिया, कतार, कुवेत, बहराइन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स रहेका छन् । आव २०६६÷६७ देखि २०७५÷७६ फागुन मसान्तसम्म करीब ४५ लाख ४० हजार ९०६ युवाले वैदेशिक रोजगारीका लािग श्रम स्वीकृति लिएका छन् । आव २०७५÷०७६ को फागुसम्म आव २०७४÷०७५ को सोही अवधिको तुलनामा वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिनेको कुल सङ्ख्यामा कमी आएको छ । विगत केही समयदेखि वैदेशिक रोजगारीमा जाने मुख्य गन्तव्य मुलुक मलेसियामा कामदार जान अवरोध भएकाले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको हो । 

आव २०७३/७४ मा चार लाख १९ हजार ८१३, आव २०७४÷०७५ मा चार लाख १३ हजार ७७१ र चालू आवको फागुन मसान्तसम्म तीन लाख ३२ हजार ४२६ युवाले श्रम स्वीकृति लिएका छन् । सरकारले क्षेत्रगत रुपमा राष्ट्रिय रोजगार नीति, २०७१ र वैदेशिक रोजगार नीति, २०६८ कार्यान्वयनमा ल्याएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय श्रम संगठन अभिसन्धिमार्फत सुरक्षित रोजगारीको प्रवद्र्धन, बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य र उत्पादकत्व अभिवृद्धि गर्ने रणनीतिअनुरुप विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । 

सबै नागरिकलाई न्यूनतम् रोजगारीको प्रत्याभूति गरी मौलिक हकका रुपमा रहेको रोजगारीको हकलाई कार्यान्वयन गर्ने, आन्तरिक रोजगारी र उद्यमशीलताको प्रवद्र्धन गरी वैदेशिक रोजगारीको बढ्दो निर्भरतालाई कम गर्ने नीति लिएको छ । कामका लागि पारिश्रमिकमार्फत गरीबी न्यूनीकरण र सामाजिक संरक्षणमा योगदान पु¥याउने, स्थानीयस्तरमा विकास निर्माण कार्यमार्फत सार्वजनिक पूँजी निर्माण गरी स्थानीय जनताको जीवनस्तर सुधार गर्न मद्धत पु¥याउने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ । 

रोजगारीको सिर्जना गर्दा सार्वजनिक क्षेत्रका विकास निर्माणसम्बन्धी कार्यक्रम तथा आयोजनामा श्रमिकको माग हुने र मागबमोजिमका श्रमिकको आपूर्ति रोजगार सेवा केन्द्रमार्फत हुने भई सबै स्थानीय तहमा श्रमको माग र आपूर्तिको औपचारिक संयन्त्रको विकास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल