२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विप्लव’ समूहको समस्या सरकारले समाधान गर्नुपर्छ

२०७६, १५ जेष्ठ बुधबार ०५:०९

जेठ १५, डोटी । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको समस्यालाई सरकारले वार्ताबाट समाधान गर्नुपर्ने बताउनुभएको छ । मङ्गलबार नेपाली काङ्ग्रेस डोटीले आयोजना गरेको आमसभामा नेता पौडेलले देशमा हिसांत्मक घटना बढ्दै गएकाले ‘विप्लव’ समूहलाई वार्तामा ल्याएर समस्या समाधान गर्नुको विकल्प नरहेको सुझाव दिनुभएको छ ।

देश परिवर्तनका लागि गरेका सबै प्रयास असफल भइसकेकाले देशमा विकास र समृद्धिको यात्रा तय गर्नतर्फ सरकार गम्भीर भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “विप्लव कसरी जन्मियो ? कहाँबाट जन्मियो र किन जन्मियो यसका बारेमा सरकारले बुझेर समाधान गर्नतिर लाग्नुपर्छ ।”

नेता पौडेलले सरकारले ‘विप्लव’ माओवादीमाथि नियन्त्रण गर्न प्रतिबन्धको कदम चालेर देशलाई द्वन्द्वमा फसाउन खोजेको आरोपसमेत लगाउनुभयो । उहाँले हिंसाको राजनीति त्यागेर सबैलाई शान्तिपूर्ण राजनीतिमा आउनसमेत आह्वान गर्नुभयो । देश र नागरिकलाई सुरक्षा दिन सरकार पूर्णरुपमा असफल भएको बताउँदै उहाँले ‘विप्लव’ लाई वार्तामा ल्याएर समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाउनुभयो । उहाँले ‘विप्लव’ समूहलाई पनि हतियार त्यागेर वार्तामा आउन आग्रह गर्नुभयो । त्यस्तै नेता पौडेलले दिपायलमा रहेका काङ्ग्रेसका संस्थापक नेता अर्जुनसिंह कठायतको नवनिर्मित सालिकको उद्घाटनसमेत गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै