२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

रंगशालामा स्थानियले डोजर चलापछि धुर्मुस रोए

२०७६, १५ जेष्ठ बुधबार १८:४८

जेठ १६, धुर्मुस | सुन्तली फाउन्डेसनले चितवनमा बनाइरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको टिनको बार स्थानीयले भत्काएका छन् । बुधबार बिहानै स्थानीयले डोजर लगाएर रंगशालामा बारिएको टिनको बार भत्काएका हुन् । 

कृषि तथा वनविज्ञान विश्वविद्यालयको जग्गामा निर्माणाधीन रंगशालाको तारबार भत्काएसँगै धुर्मुस अर्थात् सिताराम कट्टेलले यस कार्यलाई राजनीतिबाट प्रेरित भएको घटना भनेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले बार भत्काउने व्यक्ति र डोजरलाई निणन्त्रणमा लिएर छानविन भइरहेको जनाएको छ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रंगशाला निर्माणस्थलको बार भत्काइनु दुःखद घटना भएको बताएकि छन् । धुर्मुसले रुँदै यी रसाएका आँखाको मात्र हैन, परदेशमा रगत बगाउने लाखौँ युवाको पसिना हो । डोजर जस्तापाताको बार भत्काउन हैन हामी नेपालीको मन भत्काउन लगाईएको डोजर होउनले भनेका छन् । 

उनले रंगशाला निर्माणमा खटिएका कामदारालाई धम्कीसमेत आउने गरेको बताएका छन् । फाउन्डेसनले मंगलबारमात्र रंगशालाको जग्गालाई बार लगाएको थियो । 

तर स्थानीयले सडक निर्माणका लागि केही जग्गा छाडेर तारबार लगाउन फाउन्डेसनलाई आग्रह गरेको थिए । धुर्मुसले जुन घटना आफ्नै आँखा अगाडि घट्यो, जुन दृश्य देखे त्यसलाई कारुणिक दृश्य भनेका छन्   उनले भने 'मेरो जीवनमा मैले देखेको छैन होला । हुनत यो भन्दा अगाडि बस्ती बनाउँदा पनि धेरै दु:ख, धाक, धम्की, प्रेसर सहेर राष्ट्रका लागि केही गर्नुपर्छ भनेर लागेका थियौँ ।' 

रंगशाला निर्माणाधिन अवस्थामा छ । धुर्मुसले रंगशाला निर्माणको लागि डीपीआर बनिसकेपछि महानगरपालिका र स्थानिय राखेर आवश्यक छलफल गर्ने बताएको भन्दै बारमा डोजर चलाएर नेपालीको पसिनामाथि डोजर चलाएको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी