२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगो निभाउन जाँदा एक महिलाको मृत्यु, सेती नदीमा शव भेटियो

२०७६, १६ जेष्ठ बिहीबार ०६:०५

जेठ १६ डोटी । जिल्लाको जोरायल गाउँपालिका–३ मा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सो गाउँपालिका–३ सुनिखोला बस्ने वर्ष अन्दाजी ३५÷३६ की दुर्गादेवी साहुको आगलागीमा परेर मृत्यु भएको हो । 

गाउँ नजिकैको जङ्गलमा भएको आगो निभाउन गएका बेला उहाँ आगोमा परी जल्नुभएको थियो । आगोले जलेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डोटीमा गएको एक महीनायतादेखि जङ्गलमा भीषण आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि विभिन्न प्रयास भइरहे पनि आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारण यहाँका विभिन्न सामुदायिक तथा कबुलियती वन गरी करीब ७८० हेक्टर वन सखाप भएको डिभिजन वन कार्यालय डोटीका सहायक वन अधिकृत सुरेशचन्द्र डिसीले जानकारी दिनुभयो ।

सेती नदीमा शव भेटियो

जिल्लाको सेती नदीमा एक शव फेला परेको छ । शिखर नगरपालिकाको प्रसिद्ध धार्मिक क्षेत्र भागेश्वर नजिकै हालै निर्माण भएको झोलुङ्गे पुल नजिकै नदीमा शव फेला परेको डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो । शवको पहिचान नभइसकेको भए पनि यही जेठ ३ गते शुक्रबार सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका जिल्लाको केआइसिंह गाउँपालिका–५ रानागाउँका शिक्षक योगबहादुर रावलको शव हुनसक्ने प्रहरी उपरीक्षक माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “शव भेटिएको छ, चिन्न सकिने अवस्थामा छैन, तर शिक्षक योगबहादुर रावलको हुनसक्ने हामीले अनुमान गरेका छौँ ।”

सेती नदीमा नुहाउने क्रममा रानागाउँको सरस्वती माध्यमिक विद्यालयमा नेपाली विषय शिक्षकसमेत रहेका रावल जेठ ३ गतेदेखि बगेर बेपत्ता भएका थिए । रावल बगेर बेपत्ता भएको करीब १२ दिनपछि उहाँ बगेको ठाउँबाट करीब चार/पाँच मिटर तल उक्त शव भेटिएकाले शव रावलकै भएको हुनसक्ने प्रहरीको अनुमान रहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापती पन्तले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू