२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौतमबुद्ध विमानस्थल जिटुजी अवधारणामा

२०७६, १६ जेष्ठ बिहीबार १३:०६

 जेठ१६, काठमाडौँ  । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनका लागि सरकार–सरकार (जिटुजी) अवधारणा अगाडि सारेको छ । निर्माण सम्पन्न हुने चरणमा पुगेको सो विमानस्थलाई व्यवस्थित तवरले सञ्चालनका लागि सरकार–सरकारबीचमा नै सहकार्य गर्ने र व्यवस्थित रुपमा विमानस्थल सञ्चालन गरिरहेका सरकारी कम्पनीलाई जिम्मा दिने लक्ष्यअनुसार उक्त अवधारणा अगाडि सारिएको हो ।

 हाल ७३ प्रतिशत भौतिक निर्माण सम्पन्न भएको सो विमानस्थललाई सरकारी कम्पनी वा संस्थाले नै सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयालाई सैद्धान्तिक स्वीकृति दिइएको छ । धावनमार्ग कालोपत्रे सम्पन्न भइसकेको सो विमानस्थल आगामी भदौको अन्तिम सातादेखि व्यावसायिक उडान गर्ने गरी तयारी गरिएको छ ।

 यही जेठ १०, १३ र १५ गते बसेको मन्त्रिपरिषद्को बैठकका बारेमा जानकारी दिन आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलाई व्यवस्थित तवरले सञ्चालनका लागि उक्त अवधारणा अगाडि सारिएको र प्रक्रिया अगाडि बढाउन सम्बन्धित मन्त्रालयलाई जिम्मेवारी दिइएको जानकारी दिनुभयो ।

 नेपाल भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकनको तेस्रो बैठकमा भाग लिनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा ११ सदस्यीय वार्ता टोली गठन गरिएको छ । मन्त्री बाँस्कोटाका अनुसार नेपाली सैनिक चार्टर उडान विकास समितिलाई कायम राख्ने निर्णय मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

इदुल फित्रमा सार्वजनिक बिदा

 सरकारले मुसलमान धर्मावलम्बीको पर्व इदुल फित्रका दिन सार्वजनिक बिदा दिने भएको छ । मुस्लिम आयोगको सिफारिसलाई समेत दृष्टिगत गरी यही जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

नेपाल खाद्य संस्थान र नेशनल टेङिङ लिमिटेडलाई गाभेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गठन गर्ने निर्णय गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । त्यस्तै सरकारले ‘प्रदेश तथा स्थानीय तहका लागि कूटनीतिक मामिलासम्बन्धी निर्देशिका, २०७५’ स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि