२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल विश्वमै उत्कृष्ट गन्तव्य होः उपराष्ट्रपति

२०७६, १६ जेष्ठ बिहीबार १४:३४

जेठ १६ काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा रहेका हिमाल आरोहण गर्ने विदेशी पर्यटक नेपालका अतिथि मात्रै नभएर यसलाई संसारभर चिनाउने हिमाली दूत भएको बताउनुभएको छ । अन्तरराष्ट्रिय सगरमाथा दिवसका अवसरमा अष्ट्रियाको भियनास्थित नेपाली दूतावासले चारैतिर हिमालले घेरिएको इन्सब्रुक शहरमा बुधबार आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको पहिचान हिमाल र पर्वतारोहण भएको औँल्याउनुभयो । 

सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ शिखरमध्ये आठ वटा नेपालमै रहेको तथा हिमाल आरोहण र पदयात्राका साथै विभिन्न साहसिक खेल, वन्यजन्तु तथा पर्यावरणीय पर्यटनका साथै सम्पदा र संस्कृतिमा रुचि राख्नेका लागि समेत नेपाल विश्वमै उत्कृष्ट गन्तव्यका रुपमा रहेको उहाँले बताउनुभयो । 

 उहाँले अष्ट्रियाली सगरमाथा आरोहीले नेपाल र अष्ट्रियाबीचको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न भूमिका खेलेको बताउनुभयो । विश्वको सर्वोच्च शिखर सगरमाथा र दुवै देशका उच्च पर्वतमाला नेपाल र अष्ट्रियाबीच आत्मीयता तथा सुमधुर सम्बन्ध विकास गर्ने प्रमुख कडी भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “अष्ट्रियाको समाजमा सगरमाथा आरोहीहरुको विशेष सम्मान तथा ख्याति रहेको थाहा पाउँदा मलाई निकै खुशी लागेको छ ।” 

उपराष्ट्रपति पुनले राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको योगदानलाई वृद्धि गर्दै नेपालको पहिचानलाई विश्वमाझ अझै फैलाउनका लागि नेपालले भ्रमण वर्ष सन् २०२० मनाउन लागेको जानकारी दिँदै नेपाल भ्रमणका लागि अष्ट्रियालीलाई आग्रह गर्नुभयो । उपराष्ट्रपति पुनले ६० वर्ष पुग्न लागेको नेपाल र अष्ट्रियाबीचको कूटनीतिक सम्बन्ध सगरमाथा र सम्पदाका कारण जोडिएको बताउँदै दुई देशको जनस्तरको सम्बन्ध आगामी दिनमा अझै समुधुर हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अष्ट्रियाका राष्ट्रपति अलेक्जान्डर भान दे बेलेनले अग्रसरता लिनुभएको जलवायुसम्बन्धी शिखर सम्मेलनमा नेपाललाई पनि जोडिने अवसर मिलेको बताउँदै वातावरण तथा जलवायु परिवर्तनका कुरा गर्दा नेपालका हिमालमाथि परेको प्रतिकूल पर्यावरणीय असरलाई पनि बिर्सन नहुने औँल्याउनुभयो । 

सो अवसरमा अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाशकुमार सुवेदीले धेरै अष्ट्रियालीले नेपाललाई माया गर्ने गरेको बताउनुभयो । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक आदित्य बरालले नेपालको पर्यटन गन्तव्य र सम्भावनाका बारेमा जानकारी दिनुभयो । 

पहिलो पटक अक्सिजनविना सगरमाथाको आरोहण गर्ने पेटेर हेबेलर, सगरमाथाको कीर्तिमानी आरोही उल्फगाङ नायर्ज र अर्का आरोही जोसेफ इन्वाल्नेरले अष्ट्रियालीलाई नेपाल भ्रमण गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा उपराष्ट्रपति पुन र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले अष्ट्रियाली सगरमाथा आरोहीलाई नेपालका तर्फबाट सम्मान गर्नुभयो । कार्यक्रममा सगरमाथाको कीर्तिमानी आरोहणका नेता  नायर्जलगायत सगरमाथा आरोही र नेपाली समुदाय तथा अष्ट्रियाली  गरी करीब पाँच सय जनाको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि