2026-08-24 05:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

हलेसी तुवाचुङ नगरपालिका आफ्नै भवनमा

चिसाङ शेर्पा | जेठ १६, खोटाङ | जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले आफ्नो पक्की भवनबाट सेवा प्रवाह सुरु गरेको छ । स्थानीय तह कार्यान्वयनमा आएको झण्डै दुई वर्षपछि हलेसीले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको हो । पक्की भवनबाट आफ्नो सेवा प्रवाह गर्नेमा हलेसी तुवाचुङ नगरपालिका तेस्रो भएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको कोटगैरामा निर्माण गरिएको भवनबाट बिहिबारदेखि कामकाज थालिएको नगर प्रमुख इवन राईले बताए ।

स्थानीय पटमराज राई, भगसेर राई, मोहनबहादुर राई र डिकसेर राईले निःशुल्क दिएको जग्गामा ७० लाखभन्दा बढिको खर्चमा एल आकारको १५ कोठे भवन निर्माण गरिएको हो । हालसम्म तत्कालिन गाबिसको कार्यालय दुर्छिमको साँघुरो भवनबाट सञ्चालन हुँदै आएको नगरपालिका नयाँ भवनमा सारेपछि सेवा प्रवाहमा सहज भएको छ । 

कार्यालय शुभारम्भका दिन डिकुवाकी कविता राईलाई ५० हजार आर्थिक सहयोग गरिएको छ । केही समयअघि घाँस काट्ने क्रममा रुखबाट लडेर घाईते भएकी राईलाई उहाँको श्रीमानमार्फत सहयोग गरिएको हो । गर्भवती कविता रुखबाट लडेर घाइते भएकी थिईन् । र, महिना नपुगी जन्मिएको बच्चा पनि अस्वस्थ्य रहेकाले उपचारका लागि सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।

दुई नगरपालिका आठ गाउँपालिका रहेको खोटाङमा सवैभन्दा पहिला दिप्रुङ चुइचुम्मा गाउँपालिका र रावावेंशी गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको छ । अन्य नगरपालिका र गाउँपालिकाले पूराना सरकारी भबन तथा भाडाका घरमा बसेर सेवा प्रवाह गरिरहेका छन् । आफ्नै भवन नहुने स्थानीय तहले पूरानो तथा साँघुरो घरहरुबाट भनेजस्तो सेवा प्रवाह दिन सकिरहेका छैनन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली