१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

हटिया प्रहरी चौकी प्रमुख श्रेष्ठलाई गलकोटमा स्वागत

२७ मंसिर २०७२, आईतवार ०४:०५

कृष्ण कँडेल, मंसिर २७, गलकोट / प्रहरी चौकी हटियामा आउनुभएका नवआगन्तुक प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक राजकुमार श्रेष्ठलाई आज गलकोटमा स्वागत गरिएको छ । गलकोट सूचना तथा सञ्चार सहकारी, गलकोट एफएम, गलकोटपत्र साप्ताहिक र गलकोट समाजको संयुक्त आयोजनामा एक कार्यक्रम गरि प्रहरी प्रमुख श्रेष्ठलाई स्वागत गरिएको हो । यसअघि प्रहरी सहायक निरिक्षकको मात्र दरवन्दि भएको हटिया प्रहरी चौकीमा सवारी सधान तथा जनसंख्याको चाप बढीभएपछि जिल्ला प्रहरी कार्यालयले पहिलो पटक प्रहरी नायब निरिक्षक पठाएको हो ।

polish

कार्यक्रममा बौल्दै प्रहरी नायव निरिक्षक श्रेष्ठले प्रहरीको अभियानमा सवै नागरिकको सहयोग आवश्यक रहेको बताउनुभयो । आफुले स्थानिय राजनैतिक दल, सरोकारवाला तथा सञ्चार माध्यमसँग मिलेर काम गर्ने भन्दै श्रेष्ठले सहयोग गर्न सवैलाई आग्रह गर्नुभएको छ । कार्यक्रममा गलकोट सूचना तथा सञ्चार सहकारीका कोषाध्यक्ष चुडामणी शर्माले पुष्पलाल मध्यपहाडी लोकमार्गको विस्तारसँगै हटिया क्षेत्रमा सुरक्षा संवेदनशिलता बढेकाले चुनौतीपुर्ण ठाउँ भएपनि सफलतापुर्वक कार्य सम्पादन गर्न आग्रह गर्नुभयो ।

गलकोट बहुमुखी क्याम्पस हटियाका क्याम्पस प्रमुख देवेन्द्र खत्रीले हटियामा पहिल्यैदेखि कम्तीमा प्रहरी नायब निरिक्षक अवश्यक रहेको आवाज उठाईएको भन्दै जिल्ला प्रहरी कार्यालयले यस पटक हटियावासीको माग सम्वोधन गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

बजार व्यवस्थापन समिति हटियाका अध्यक्ष खिम साहनीले सवैसँग आवश्यक समन्वय गरि काम गर्न नवआगन्तुक प्रहरि प्रमुखलाई आग्रह गर्नुभयो । कार्यक्रम गलकोट समाज गलकोटका अध्यक्ष हर्क पाण्डेको अध्यक्षता, गलकोट सुचना तथा सञ्चार सहकारीका प्रवन्ध निर्देशक गणेश खत्रीको स्वागत र सामुदायिक रेडियो गलकोट एफएमका स्टेसन म्यानेजर कृष्ण कँडेललको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै