२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नयाँ संविधानले सवैको भावना समेटेको सांसद छन्त्यालको भनाई

२०७२, ६ पुष सोमबार ०८:४६

पुस ६, बागलुङ (खर्वाङ) । क्षेत्र नं. ३ बागलुङका साँसद ज्ञानकुमारी छन्त्यालले नयाँ संविधान २०७२ ले सवैको भावना समेटेको भन्दै कार्यान्वयनमा जानुपर्ने वताउनु भएको छ । आज खड्क देवि उमावि दगातुन्डाडा ४ बागलुङको ५५ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै साँसद छन्त्यालले शिक्षा क्षेत्रमा सवै मिलेर काम गर्नुपर्ने र आफुले पनि सक्दो सहयोग गर्ने वताउनु भएको छ । त्यस्तै जिल्ला शिक्षा कार्यालय बागलुङका विद्यालय निरिक्षक प्रकाश ओझाले वालवालीकाको सर्वाङ्गीण विकासको लागी कितावि ज्ञान संगै अतिरिक्त ज्ञानमा पनि ध्यान दिनु पर्ने वताउनु भएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका रत्न वहादुर क्षेत्रि, नेकपा एमालेका ढालेन्द्र शेरचन, राष्ट्रिय जनमोर्चाका अनिल गिरि, त्रिभुवन उच्च मावि खर्वाङका प्राचार्य ढालमणि भण्डारी, सल्लाहकार समिति संयोजक रेम वहादुर भुजेल, सल्लाहकार सदस्यहरु भिमलाल पोखरेल, प्रेमलाल पोखरेल, शिक्षक अभिभावक संघ का अध्यक्ष धर्मराज वन, सिद्धपुर प्रा.वि.का प्रधानाध्यापक इश्वर थापा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
baglung
कार्यक्रममा विद्यालयका प्राचार्य वेद प्रसाद पोखरेलले शैक्षिक वर्ष ०७१ को १ करोड, १३ लाख ३ हजार ६ सय २० वरावरको आर्थिक, तथा शैक्षिक प्रगतिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने प्रतिवेदनमा चालु वर्षको लागी ९९ लाख, २८ हजार २ सय ८३ वरावरको प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

पञ्चैवाजा सहितको प्रभात फेरी वाट सुरु भएको कार्यक्रममा सरस्वति पुजा सहित अतिथि तथा चन्दादातालाई सम्मान समेत गरिएको थियो ।

baglung 1
कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष निम वहादुर भुजेलको अध्यक्षता, सहायक प्राचार्य ऋषिराम भण्डारी तथा विद्यार्थीहरु दुर्गी भुजेल र विशाल दर्लामीको स्वागत मन्तव्य साथै उच्च मावि संयोजक कमल खरेल र शिक्षक राजेन्द्र पौडेलको संचालनमा सम्पन्न भएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजीत कार्यक्रम बुधवार सम्म चल्ने विद्यालयले जनाएको छ ।

-कमल पौडेल बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल