४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नयाँ संविधानले सवैको भावना समेटेको सांसद छन्त्यालको भनाई

६ पुष २०७२, सोमबार ०८:४६

पुस ६, बागलुङ (खर्वाङ) । क्षेत्र नं. ३ बागलुङका साँसद ज्ञानकुमारी छन्त्यालले नयाँ संविधान २०७२ ले सवैको भावना समेटेको भन्दै कार्यान्वयनमा जानुपर्ने वताउनु भएको छ । आज खड्क देवि उमावि दगातुन्डाडा ४ बागलुङको ५५ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै साँसद छन्त्यालले शिक्षा क्षेत्रमा सवै मिलेर काम गर्नुपर्ने र आफुले पनि सक्दो सहयोग गर्ने वताउनु भएको छ । त्यस्तै जिल्ला शिक्षा कार्यालय बागलुङका विद्यालय निरिक्षक प्रकाश ओझाले वालवालीकाको सर्वाङ्गीण विकासको लागी कितावि ज्ञान संगै अतिरिक्त ज्ञानमा पनि ध्यान दिनु पर्ने वताउनु भएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका रत्न वहादुर क्षेत्रि, नेकपा एमालेका ढालेन्द्र शेरचन, राष्ट्रिय जनमोर्चाका अनिल गिरि, त्रिभुवन उच्च मावि खर्वाङका प्राचार्य ढालमणि भण्डारी, सल्लाहकार समिति संयोजक रेम वहादुर भुजेल, सल्लाहकार सदस्यहरु भिमलाल पोखरेल, प्रेमलाल पोखरेल, शिक्षक अभिभावक संघ का अध्यक्ष धर्मराज वन, सिद्धपुर प्रा.वि.का प्रधानाध्यापक इश्वर थापा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
baglung
कार्यक्रममा विद्यालयका प्राचार्य वेद प्रसाद पोखरेलले शैक्षिक वर्ष ०७१ को १ करोड, १३ लाख ३ हजार ६ सय २० वरावरको आर्थिक, तथा शैक्षिक प्रगतिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने प्रतिवेदनमा चालु वर्षको लागी ९९ लाख, २८ हजार २ सय ८३ वरावरको प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

पञ्चैवाजा सहितको प्रभात फेरी वाट सुरु भएको कार्यक्रममा सरस्वति पुजा सहित अतिथि तथा चन्दादातालाई सम्मान समेत गरिएको थियो ।

baglung 1
कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष निम वहादुर भुजेलको अध्यक्षता, सहायक प्राचार्य ऋषिराम भण्डारी तथा विद्यार्थीहरु दुर्गी भुजेल र विशाल दर्लामीको स्वागत मन्तव्य साथै उच्च मावि संयोजक कमल खरेल र शिक्षक राजेन्द्र पौडेलको संचालनमा सम्पन्न भएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजीत कार्यक्रम बुधवार सम्म चल्ने विद्यालयले जनाएको छ ।

-कमल पौडेल बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ