२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपसभापति निधि डेनमार्क प्रस्थान

२०७६, २० जेष्ठ सोमबार ०९:१९

जेठ २०, काठमाडौँ  । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि डेनमार्कमा हुने संसदीय निर्वाचनको पर्यवेक्षणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभयो ।  

डेनिस इन्स्टिच्यूट फर पार्टीज एण्ड डेमोक्रेसी (डीआइपीडी) को निम्तोमा उपसभापति निधि कोपनहेगन प्रस्थान गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । भ्रमणका क्रममा यही जुन ४ मा हुने निर्वाचनको अघिल्लो दिन स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ । 

त्यस क्रममा उहाँले त्यहाँका मतदाता, युवा, महिलालगायतका समूहसँग भेटेर कुराकानी गर्नुहुनेछ । निर्वाचनको दिन मतदानस्थलमा पुगेर अवलोकन गर्ने कार्यक्रम रहेको र त्यसको भोलिपल्ट राजनीतिक दलका नेतासँग अन्तक्र्रिया गर्नुहुने सचिवालयले जनाएको छ ।     

डेनमार्क बाहिर डीआइपीडीको नेपाल पहिलो सदस्य मुलुक हो । जसलाई सन् २०१० मे २६ मा त्यहाँको संसद्ले मान्यता दिएको थियो । त्यसपछि नेपालको संसद्ले सन् २०१२ मा विभिन्न राजनीतिक दलको प्रतिनिधित्वसहित सहकार्यका लागि संयुक्त संयन्त्र गठन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश