२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध

२०७६, २१ जेष्ठ मंगलवार ०३:१४

जेठ २१, काठमाडौं  । आठबीसकोट नगरपालिकाले सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध लगाएको छ । नगरपालिकाले सार्वजनिक कार्यक्रम सञ्चालनका लागि आचारसंहिता निर्माण गर्दै नगरपालिका कार्यालय, वडा तथा नगरपालिकामातहतका विषयगत कार्यालय र शाखाबाट आयोजना हुने कार्यक्रममा मासु प्रतिबन्ध लगाएको हो । 

सरकारबाट विकासका लागि प्राप्त हुने बजेट फजुल रूपमा खर्च हुने क्रम बढेको भन्दै नगरपालिकाले सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध लगाएको जनाएको छ । खाना तथा खाजामा मासुको प्रयोग बढ्दै गएपछि फजुल खर्च बढ्ने भएकाले प्रतिबन्ध लगाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए । 

‘मासु खाँदा धेरै पैसा खर्च हुने गरेको छ, यसले आर्थिक व्ययभार मात्र थपेको छ,’ उनले भने, ‘फजुल खर्चलाई कटौती गरी जुन उद्देश्यका लागि रकम विनियोजन भएको हो, त्यसमै खर्च बढाउने उद्देश्यले सार्वजनिक कार्यक्रममा खाना र खाजामा मासुजन्य पदार्थको प्रयोगलाई रोक्ने निर्णय गरेका हौँ ।’ 

सरकारबाट प्राप्त भएको रकम दुरुपयोग हुने क्रम बढ्दै गएपछि नगरपालिका नयाँ निर्णय गर्न बाध्य भएको उनको भनाइ छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा मनीष खड्काले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश