२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

मिथिलामा बरसाइत पर्व

२०७६, २१ जेष्ठ मंगलवार ०६:०५

जेठ २१ बर्दिवास । महोत्तरीसहित मिथिला क्षेत्रमा विवाहित महिलाले बरसाइत (वटसावित्री) पर्व मनाएका छन् । जेठ कृष्ण औंशीका दिन सोमबार अटल सौभाग्यको कामना गर्दै ब्रत बसेका विवाहित मिथिलाका महिलाले आज बिहान सूर्योदयपछि यो पर्व साङ्गता (समापन) गरेका हुन् । 

सत्य युगमा सति सावित्रीले आफ्नो तपश्या र साधनाले जेठ कृष्ण औंशीका दिन अटल सौभाग्यको बरदान पाएको विश्वासको आधारमा उक्त दिन अटल सौभाग्यको कामनाका साथ यो पर्व मनाउने परम्परा छ । जेष्ठ कृष्ण चतुर्दशीका दिन चोखो नितो खाएर ब्रत सङ्कल्प गरेपछि औंशीका दिन निराहार ब्रत बस्दै आफ्नो बस्ती नजिकको वट वृक्ष (वरको रुख) फेदमा ब्रतालु महिलाले सामूहिक रुपमा सावित्रीलाई सम्झदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गर्दै यो पर्व मनाउँछन् । 

ब्रतालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो ब्रत सम्पन्न गर्ने परम्पराअनुसार आज बिहान बरसाइत (वटसावित्री) पर्व सम्पन्न गरेका हुन् । सावित्रीले आफ्नो तपोवलले इष्टदेव रिझाएर मृत आफ्ना पति सत्यवान्लाई जगाएर अटल सौभाग्यको वर पाएको पौराणिक कथा नै यो पर्वको परम्परा रहेको छ । बरको रुखमा  ब्रह्मा, विष्णु र महेशसहितका तीनै देवताको बास हुने मैथिल जनविश्वासअनुसार यो पर्वको सङ्कल्प, पूजाआराधना र समापन पनि बरकै रुख तल सम्पन्न गरिने परम्परा रहेको आज ब्रत समापन गर्नुभएका भङ्गाहा नगरपालिका–४ का प्रीति कर्णले बताउनुभयो ।

नयाँनयाँ बस्त्र परिधानमा सजिएर वटवृक्ष परिसर सरसफाइ गर्नदेखि औंशीका दिन सावित्री कथा वाचन र श्रवण गर्ने यो ब्रतको परम्परा छ । साथीसङ्गीसँग नाच्दै, गाउँदै बटवृक्षमुनि बटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीका लागि भेटघाट, हँसीमजाक र घरायसी दुखःसुख एकअर्कालाई सुनाउने अवसरसमेत हुने गरेको छ ।  

 मिथिलामा केही वर्ष पहिलेसम्म्म ब्राह्मण, कायस्थ र सोनार जातिका महिलाले मात्रै मनाउने यो पर्व अब सबै जातजातिले मनाउन थालेका छन् । मिथिलामा पछिल्लो समयमा विभिन्न जातजातिको बस्ती बढ्ने क्रमले एकअर्काको संस्कृति परम्परा सिक्ने क्रममा यो पर्व सबै जातजातिले मनाउन थालेका मिथिला परम्पराका जानकार तथा कर्मकाण्डका ज्ञाता बर्दिवास–२ का महेशकुमार झा बताउनुहुन्छ । विवाहित महिलाले मनाउने यो पर्व मिथिला लोकसंस्कृति र परम्पराको अभिन्न अङ्ग बनेको मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पसका सह–प्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी