२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

मिथिलामा बरसाइत पर्व

२१ जेष्ठ २०७६, मंगलवार ०६:०५

जेठ २१ बर्दिवास । महोत्तरीसहित मिथिला क्षेत्रमा विवाहित महिलाले बरसाइत (वटसावित्री) पर्व मनाएका छन् । जेठ कृष्ण औंशीका दिन सोमबार अटल सौभाग्यको कामना गर्दै ब्रत बसेका विवाहित मिथिलाका महिलाले आज बिहान सूर्योदयपछि यो पर्व साङ्गता (समापन) गरेका हुन् । 

सत्य युगमा सति सावित्रीले आफ्नो तपश्या र साधनाले जेठ कृष्ण औंशीका दिन अटल सौभाग्यको बरदान पाएको विश्वासको आधारमा उक्त दिन अटल सौभाग्यको कामनाका साथ यो पर्व मनाउने परम्परा छ । जेष्ठ कृष्ण चतुर्दशीका दिन चोखो नितो खाएर ब्रत सङ्कल्प गरेपछि औंशीका दिन निराहार ब्रत बस्दै आफ्नो बस्ती नजिकको वट वृक्ष (वरको रुख) फेदमा ब्रतालु महिलाले सामूहिक रुपमा सावित्रीलाई सम्झदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गर्दै यो पर्व मनाउँछन् । 

ब्रतालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो ब्रत सम्पन्न गर्ने परम्पराअनुसार आज बिहान बरसाइत (वटसावित्री) पर्व सम्पन्न गरेका हुन् । सावित्रीले आफ्नो तपोवलले इष्टदेव रिझाएर मृत आफ्ना पति सत्यवान्लाई जगाएर अटल सौभाग्यको वर पाएको पौराणिक कथा नै यो पर्वको परम्परा रहेको छ । बरको रुखमा  ब्रह्मा, विष्णु र महेशसहितका तीनै देवताको बास हुने मैथिल जनविश्वासअनुसार यो पर्वको सङ्कल्प, पूजाआराधना र समापन पनि बरकै रुख तल सम्पन्न गरिने परम्परा रहेको आज ब्रत समापन गर्नुभएका भङ्गाहा नगरपालिका–४ का प्रीति कर्णले बताउनुभयो ।

नयाँनयाँ बस्त्र परिधानमा सजिएर वटवृक्ष परिसर सरसफाइ गर्नदेखि औंशीका दिन सावित्री कथा वाचन र श्रवण गर्ने यो ब्रतको परम्परा छ । साथीसङ्गीसँग नाच्दै, गाउँदै बटवृक्षमुनि बटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीका लागि भेटघाट, हँसीमजाक र घरायसी दुखःसुख एकअर्कालाई सुनाउने अवसरसमेत हुने गरेको छ ।  

 मिथिलामा केही वर्ष पहिलेसम्म्म ब्राह्मण, कायस्थ र सोनार जातिका महिलाले मात्रै मनाउने यो पर्व अब सबै जातजातिले मनाउन थालेका छन् । मिथिलामा पछिल्लो समयमा विभिन्न जातजातिको बस्ती बढ्ने क्रमले एकअर्काको संस्कृति परम्परा सिक्ने क्रममा यो पर्व सबै जातजातिले मनाउन थालेका मिथिला परम्पराका जानकार तथा कर्मकाण्डका ज्ञाता बर्दिवास–२ का महेशकुमार झा बताउनुहुन्छ । विवाहित महिलाले मनाउने यो पर्व मिथिला लोकसंस्कृति र परम्पराको अभिन्न अङ्ग बनेको मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पसका सह–प्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य