२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काभ्रेमा मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

२१ जेष्ठ २०७६, मंगलवार ०८:३७

जेठ २१, बनेपा । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चरङ्गेफेदीमा आज बिहान मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएकोे छ ।

रामेछाप जिल्लाबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ५२३७ नंको ट्रक र काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको बा९५प ७६८६ नंको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल पछाडि सवार सुनसरी जिल्ला इनरुवा घर भई हाल गढी गाउँपालिका–२ जोगनियझोरा बस्ने अन्दाजी वर्ष १८ को अमिन साथीरको मृत्यु भएको धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । सोही ठाउँ बस्ने मोटरसाइकल चालक अन्दाजी वर्ष २५ को नजीर साथीर घाइते भएकाले नमोबुद्ध नगरपालिका नौबिसेस्थित मेनिथनकोट अस्पतालमा उपचार भइरहेको कटुञ्जे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महेश्वर दाहालले जानकारी दिनुभयो । ट्रकसहित त्यसका चालकलाई  नियन्त्रणमा लिएर कारबाही अघि बढाइएकोे छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य