२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियामा बन्दूक आक्रमणमा परी चार जनाको मृत्यु

२०७६, २१ जेष्ठ मंगलवार १६:२०

जेठ  २१, क्यानवेरा ।अष्ट्रेलियाको उत्तरी क्षेत्रमा एक समूहमाथि अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

स्थानीय समय अनुसार मङ्गलबार साँझ भएको बन्दूक आक्रमणमा परी कम्तिमा चार जनाको मृत्यु भएको छ भने केही अन्य व्यक्ति घाइते भएका छन्, अष्ट्रेलियाको दैनिक पत्रिका ‘द अष्ट्रेलियन’ले प्रहरीलाई उद्धृत गरी समाचार लेखेको छ । 

नर्दन टेरिटरीको राजधानी डार्विनमा भएको सुटिङको तत्काल कसैले जिम्मेवारी लिएको छैन । प्रहरीले घटनामा आतङ्कवादी समूहको हात रहेको वा नरहेकोबारे अनुसन्धान गरिरहेको छ ।

प्रहरीले घटनामा सम्लग्न रहेको आरोपमा ४५ बर्षीय एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ भने शहरका विभिन्नस्थानहरूलाई घेरावन्दी गरी अनुसन्धान अघि बढाएको छ । 

प्रहरीले बताए अनुसार साँझ ६ बजे केही राउण्ड गोली चलेको र उक्त आक्रमणमा चार जनाको मृत्यु भएको छ । तर एक प्रत्यक्षदर्शीका अनुसार स्थानीय एक सानो होटेलमा करिब २० राउण्ड गोली चलेको थियो । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश