पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>चिसाङ शेर्पा | जेठ २१, खोटाङ |</b> भीर माथिबाट खसेको ढुंगाले लागेर खोटाङमा एकजनाको ज्यान गएको छ । ढुंगाले लागेर जिल्लाको केपिलासगढी गाउँपालिका–६ दिप्सुङका अन्दाजी ५८ वर्षीय चन्द्र विकको मंगलबार ज्यान गएको हो । एक जना गम्भीर घाइते भएका छन् ।<br></p><p>धान कुटन घरबाट धान बोकेर मिलतर्फ जादै गर्दा स्थानीय राम्चेभीरमा अचानक सुख्खा पहिरो खस्दा दुबैजनालाई ढुंगाले लागेको र विकको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशब कुमार कटवालले जानकारी दिनुभयो । </p><p>ढुंगाले लागेर शक्त घाईते भएका सोही स्थानका अन्दाजी २४ वर्षीय मन कुमार तामाङको दिप्सुङ स्वास्थ्य चौकीमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि काठमाण्डौ लगिएको छ । </p>

