२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मल्मका भुकम्प प्रभावितलाई कम्बल वितरण

२ माघ २०७२, शनिबार १४:२०

कृष्ण कँडेल । माघ २, गलकोट । नेपाल पत्रकार महासंघ बागलुङ, लियो क्लव र लायन्स क्लवको सहकार्यमा आज मल्मका भुकम्प प्रभावितलाई राहत वितरण गरिएको छ ।

नेपाल पत्रकार महासंघ बागलुङ, लायन्स क्लव अफ धौलागिरी, कालिका, बागलुङ सिटि तथा लियो क्लव अफ धौलागरि, कालिकाको सहकार्यमा मल्मका २० जना भुकम्प प्रभावितलाई कम्मल वितरण गरिएको हो । उनिरुलाई चिसोबाट बच्न एक एक ओटा कम्मल प्रदान गरिएको नेपाल पत्रकार महासंघका अध्यक्ष मुकेसचन्द्रराज भण्डारीले जानकारी दिनुभयो । उहाँले पत्रकार महासंघ तथा लियो र लायन्समा आबद्ध सदस्यहरु र अन्य सहयोगदाताबाट जुटाएर सहयोग गरिएको लायन काजीमा गुरुङले बताउनुभयो । थोरै भएपनि राहत पाएकोमा भुकम्प प्रभावित खुसि देखिन्थे ।

बैसाख १२ को भुकम्पका कारण मल्मको बडा नम्वर–१, २, ३, ६, ७, ८ र ९ मा क्षेति पुगेको थियो सवैभन्दा बढी वडा नम्वर–६ को दलित बस्ती सिरवारेका बासिन्दा धेरै प्रभावित भएका थिए । राहात वितरणमा क्रममा प्रभावित सवै वडाका वसिन्दाले आज कम्मल पाएका छन् । भुकम्पले सवैभन्दा बढी प्रभावित वडा नम्वर–६ का वासिन्दा डिलबहादुर दमाईले भुकम्पमा भत्किएका घरहरु सामान्य मर्मत गरेर पिडितहरु वसेको बताउनुभयो ।

सिरबारेमा पनि एकल महिला देवि दर्जीको घर, गोठ र सौचालय समेत भत्किएको थियो । भुकम्पबाट सवैभन्दा बढी प्रभावित दर्जी र कम्मल लिएपछि सञ्चारकर्मीले प्रतिक्रिया लिने क्रममा भावुक भएर रुनुभएको थियो । उहाँको छोरा कुमार दर्जीलाई स्टेसनरी सामान समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव