२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

जर्मन राजदुताबासका डेपुटी चिपद्धारा गेलुमा अनुगमन

२०७२, २४ मंसिर बिहीबार २०:५०

jarman rajdut
anugamanप्रज्वल पौडेल/मङ्सिर २५, रामेछाप । जर्मन सहयोग
नियोग विएम जेडको सहकार्यमा नेपाल ग्रामिण पुननिर्माण संस्था आरआरएन रामेछापले गेलु गाविसमा सञ्चालन
गरेको विभिन्न कार्यक्रमको स्थलगत अनुगमन भएको छ ।

अनुगमन
टोलीले गेलु–३ स्थित आरआरएनको सहयोगमा बनेको पशुपति निमाविको पक्की भवनको निरीक्षण गरेको छ । सोही
विद्यालयमा एक कार्यक्रमको आयोजना गरि अनुगमन टोलीलाई विद्यालयका शिक्षक विद्यार्थी र अभिभावकले स्वागत
गरेका थिए ।
यसैबीच स्थानीयहरुले आरआरएनले कार्यक्रम सञ्चालन गरेपछि शिक्षा, स्वास्थ्य, सरसफाई
लगायतको क्षेत्रम प्रगति भएको बताएका थिए । परियोजना सुरु भएसँगै स्वास्थ्य र सरसफाइमा निकै राम्रोसँग
परिवर्तन भएको उनीहरुको भनाई थियो ।

कार्यक्रममा बोल्दै
विद्यार्थीहरुले आरआरएनले सञ्चालन गरेको विद्यालय स्तरमा जंगपूmड हटाउने अभियान सार्थक भएको बताउँदै
अहिले प्रत्येक विद्यार्थीले घरमै बनेको खाजा लिएर आउने गरेको अनुगमन टोलीका सुनाएका थिए । अहिले
अभिभावकहरुले समेत घरमै बनेको खाजा बच्चालाई स्कूल पठाउन थालेको बताएका थिए ।

त्यसबखत विद्यालयका शिक्षकहरुले आरआरएन समक्ष विद्यार्थीहरुलाई स्कलरशीप, कम्प्युटर
शिक्षक र हाइटेक प्रविधिको कक्षा व्यवस्थापन गरिदिन माग गरेका छन् ।
सोही अनुगमन टोलीले गेलु–६ स्थित
काउलेभञ्ज्याङ्गमा आरआरएनको १५ लाख आर्थिक सहयोगमा बनेको खानेपानीको ट्यांकीको अवलोकन गरेको थियो

ट्याङकी बनेसँगै १ सय ४४ घरधुरीले खानेपानी सुविधा पाएका छन्
। त्यसैगरी माथिल्लो नाटिला लहरेबर काउले सडक खण्डको स्थलगत अवलोकन समेत गरिएको छ ।

४.८ किमी सडक स्तर उन्नती गर्नको लागि आरआरएनले २४ लाख आर्थिक सहयोग गरेको छ ।
यता आरआरएनले गेलु गाविसमा कृषि, ग्रामिण सडकलगायतको क्षेत्रमा पनि आर्थिक सहयोग गर्दै आएको छ

त्यहाँस्थित सावाडाँडा पशुतिपति, साउँनेपानी सडक खण्ड स्तर
उन्नतिको काम लगत्तै हुन गइरहेको छ । यता सारदा उच्च माविमा पनि विद्यालय भवन बनाउने भएको छ ।

अनुगमनको लागि जर्मन राजदूताबासका डेपुटी चिफ मिसनको प्रतिनिधि जैकलिन
ग्रोथ, डब्लूएचएचका राष्ट्रिय निर्देशक बार्वरा जिलीलगायत आरआरएनका केन्द्रीय अध्यक्ष मना दाहाल,
केन्द्रीय प्रतिनिधि अनमिका श्रेष्ठ, प्रोजेक्ट म्यानेजर बालकृष्ण चौधरी, जिल्ला संयोजक होमराज
विसुराललगायत जिल्ला स्तरीय प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

जर्मन राजदूताबासका प्रतिनिधिसहित गएको टोलीलाई सारदा उच्च मावि गेलुमा भव्य स्वागत गरिएको
थियो । विद्यालयका शिक्षकहरुले विद्यालयको वस्तुस्थितिको बारेमा समेत जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल