२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२१ महीने छोरीसहित २९ वर्षीया आमाद्वारा आत्महत्या

२०७६, २३ जेष्ठ बिहीबार १४:४३

जेठ २३, ललितपुर । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिका– बतासेडाँडामा बुधबार मुगु जिल्ला घर भएका २१ महीने छोरी राधिकासहित २९ वर्षीया आमा जानुका शर्माले दलिनमा झुण्डिएर आत्महत्या गरेकी छन् ।

“मुगुका अन्य व्यक्तिसहित यी महिला पनि ज्यालादारीको काम गर्थिन् । हिजो मध्याह्न १२ बजेसम्म काम गरिरहेकी शर्मा साँझमा देखा नपरेपछि अन्य साथीले खोजी गर्दा ढोका लगाएर बसेको थाहा पाएछन्”, महाङ्काल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले भन्नुभयो, “कोठाभित्र पूजा गरेर कोरीबाटी गरी राम्री भएर पहिला छोरीलाई झुण्डाएपछि आफू झुण्डिएको अनुमान गरियो ।” उहाँले दुई महीना अघि पत्नी र छोरीलाई छाडेर पति के कारणले घर गएका रहेछन् थाहा भएन बताउनुभयो ।

असोजबाट पतिसहित यी आमाछोरी बतासेडाँडाका प्रेमप्रसाद घिमिरेको घरमा भाडा गरी बस्दै आएको महानगरीय प्रहरी चौकी कालेश्वरका प्रहरी सहायक निरीक्षक नागेन्द्र कुमारले बताउनुभयो । आज बिहान शवपरीक्षणका लागि चापागाउँ ल्याइएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी उपरीक्षक राजकुमार खिउँजुले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा