२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

७० वर्षका बाबुले धारिलो हतियार प्रहार गर्दा छोरा घाईते

२०७२, ३ माघ आईतवार ०४:१९

कृष्ण कँडेल । माघ ३, गलकोट । बाबु-छोराविच भएको विवादमा धारिलो हतियारले लागेर बागलुङको अमरभुमिका एक युवा घाईते भएका छन् ।

गएराती बाबुछोराको विचमा भएको झगडामा अमरममि–७ बुकेनीका ३५ बर्षिय कुलबहादुर विकको टाउकोमा चोट लागेको छ । कुलबहादुर र उहाँका वुवा ७० बर्षिय लक्षुमान विक दुवैले मादक पदार्थ सेवान गरेको अवस्थामा भएको घरयासी झगडामा बाउले छोरोलाई धारिलो हतियार प्रहार गरेको ईलाका प्रहरी कार्यालय गलकोट हरिचौरका निमित्त प्रमुख प्रहरी नायव निरिक्षक कुमार सेढाईले जानकारी दिनुभयो । उहाँले घटनाको बारेमा आफुले राती ३ बजे थाहा पएको र विहान प्रहरी टोली घटना स्थल तर्फ पठाएको बताउनुभयो । ईप्रका हरिचौरबाट प्रहरी हवल्दार राजकुमार घर्तीको नेतृत्वमा प्रहरी घटना स्थल तर्फ जाँदै छ ।

विकको अहिले धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भईरहेको छ । विकको टाउकोको देबे्र भागको हड्डी भाँचिएको देखिएको धौलागिरी अञ्चल अस्पतालको जनस्वास्थ्य निरिक्षक रामप्रसाद खनालले जानकारी दिनुभयो । अहिले विकको अवस्था स्थिर रहेको र सिटिस्क्यान गर्ने तयारी गरिएको उहाँको भनाई छ । सिटिस्क्यानपछि स्वास्थ्य अवस्थाको बारेमा थप स्पष्ट हुने र उपचारका लागि रिफर गर्ने नगर्ने विषयमा थाहा हुने खनालले बताउनुभयो ।

गय राती करिव ११ बजे भएको घटनापछि स्थानियको सहयोगमा घाईतेलाई धाम्जा स्वाथ्यचौकी लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि स्वास्थ्यचौकीले बागलुङ रिफर गरेको थियो । घटना हुने बेलामा दुवै जनाले मादक पदार्थ सेवान गरेका स्थानिय नरबहादुर विकले जानकारी दिनुभयो । घाईते कुलबहादुरको टाकोको देब्रेतर्फ चोट लागेको र रतग बगेको देखेको उहाँले बताउनुभयो । उनिहरुविच के विषयमा झगडा भई घटना हुन पुग्यो, भन्ने बारेमा थाहा हुन नसकेको उहाँको भनाई छ । विक परिवारमा यस अघिदेखि नै झैझगडा हुने गरेको जनप्रेम उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक नईन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । घरमा हुने झगडाका कारण कुलबहादुरकी श्रीमतीले आफ्ना दुईभाई छोरालाई लिएर छिमेकीको घरमा बस्दै आएको गुरुङले बताउनुभयो ।

कुलबहादुरको आफ्नी श्रीमतीसँग पनि झगडा भईरहने गरेको र विगत २ बर्षदेखि उनिहरु छुट्टाछुट्टै बस्दै आएको नरबहादुर विकले बताउनुभयो । उनिहरुलाई सँगै वस्ने बातावरण बनाउन स्थानियले यस अघि पहल समेत गरेका थिए । स्थानिय महिला समुहले समेत झगडा मिलाउने प्रयास गरेको नरबहादुरको भनाई छ । विक परीवारमा कुलबहादुरका बाउ छोरा र श्रीमान श्रीमती विच झगडा हुँदै आएको प्रअ गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन