2026-10-23 07:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

मन्त्रीहरुद्वारा सरसफाइ

जेठ २६ , ललितपुर |विश्व वातावरण दिवस २०१९ को अवसर पारेर ललितपुरको पुल्चोकस्थित मन्त्रीनिवास परिसरको सरसफाइ गरिएको छ । वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा आज बिहान मन्त्रीनिवास परिसर क्षेत्रको सरसफाइ गरिएको हो । पुल्चोकदेखि शुरु भएको सरसफाइ मन्त्री निवास पुगेर समापन भएको थियो । 

 प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेतृत्व गर्नुभएको सरसफाइ कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, गृहमन्त्री रामबहादुर थापा, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री डा युवराज खतिवडा सहभागी हुनुहुन्थ्यो । विभिन्न मन्त्रालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीकोसमेत सरसफाइ अभियानमा सहभागिता रहेको थियो ।

 विश्व वातावरण दिवसका अवसरमा यही जेठ २२ र २३ बाँकेको नेपालगञ्जमा वन मन्त्रालयले मूल कार्यक्रम आयोजना गरी सरोकारवालाको सहभागितामा वृहत अन्तक्र्रिया कार्यक्रम गरिएको थियो । वन मन्त्रालयले यो वर्ष ‘स्वच्छ वायु स्वस्थ जीवन’ भन्ने नाराका साथ साताव्यापी रुपमा विविध जनचेतनामूलक कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने