2026-07-24 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

मन्त्रीहरुद्वारा सरसफाइ

जेठ २६ , ललितपुर |विश्व वातावरण दिवस २०१९ को अवसर पारेर ललितपुरको पुल्चोकस्थित मन्त्रीनिवास परिसरको सरसफाइ गरिएको छ । वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा आज बिहान मन्त्रीनिवास परिसर क्षेत्रको सरसफाइ गरिएको हो । पुल्चोकदेखि शुरु भएको सरसफाइ मन्त्री निवास पुगेर समापन भएको थियो । 

 प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेतृत्व गर्नुभएको सरसफाइ कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, गृहमन्त्री रामबहादुर थापा, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री डा युवराज खतिवडा सहभागी हुनुहुन्थ्यो । विभिन्न मन्त्रालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीकोसमेत सरसफाइ अभियानमा सहभागिता रहेको थियो ।

 विश्व वातावरण दिवसका अवसरमा यही जेठ २२ र २३ बाँकेको नेपालगञ्जमा वन मन्त्रालयले मूल कार्यक्रम आयोजना गरी सरोकारवालाको सहभागितामा वृहत अन्तक्र्रिया कार्यक्रम गरिएको थियो । वन मन्त्रालयले यो वर्ष ‘स्वच्छ वायु स्वस्थ जीवन’ भन्ने नाराका साथ साताव्यापी रुपमा विविध जनचेतनामूलक कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक