२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा नियम मिचेर चलाउने सात अस्पताल बन्द गर्न जिल्ला जनस्वास्थको निर्देशन

२०७६, २७ जेष्ठ सोमबार ०१:०१

महेश सिंह महतो | जेठ २७, सिरहा । सिरहामा अबैधक्लिनिकको बिगबिगि ह्वात्तै बढेको छ । प्रकृया मिचेर सञ्चालन भइरहेका नीजि स्वास्थ्य-संस्थाहरुलाई सात दिनभित्र बन्द गर्न जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले निर्देशन दिएका छन् ।

जन-स्वास्थले नविकरणको लागि पटक-पटक अनुरोध गरि रहदा पनि बलमिचाई गरेर र जोर जबरजस्ती गरेर अस्पताल र किलनिक  सञ्चालन गरिरहेको भन्दै जिल्लाका ८ अस्पताल र ६ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न जिल्ला जनस्वास्थ कार्यालय सिरहाले निर्देशन दिइएको छ । संस्था नविकरण नगरी सञ्चालन गर्नेहरुमा सगरमाथा मोडेल हस्पिटल प्रालि गोलबजार ८,चोहर्वा, मा धमिनी हस्पिटल प्रालि गोलबजार ६, रेखा नर्सिङ केयर एण्ड डाइग्नोस्टिक सेन्टर प्रालि मिर्चैया ६ सहित ८ वटा रहेका छन् । 


लहान लाइफ केयर हस्पिटल प्रा.लि. लहान–४, डिफाईन हस्पिटल केयर प्रा.लि. लहान –३, फेण्डस हस्पिटल लहान ४, कामना नर्सिङ होम लहान ४, त्यसैगरी, आदित्य मेडिकेयर सेन्टर लहान ८, वेष्ट राधा कृष्ण डेन्टल क्लिनिक लहान, अलफ्रेण्ड हेल्थ केयर प्रालि छपराडी बजार र  सहलेश पोली क्लिनिक मिर्चैयाले नविकरण नगरी स्वास्थ्य संस्था सञ्चालन गरिरहेको  पाइएका छन् । 

नविकरण समाप्त भएका स्वास्थ्य संस्थाहरुलाई दर्ता नविकरणको लागि दुई महिनाको समय दिएपनि अटेर गरेकोले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्वन्धि निर्देशिका २०७० बमोजिम संस्था बन्द गरी सम्बन्धित कार्यालयमा जानकारी गराउन जेठ २२ गते पत्राचार गरिएको जिल्ला जन स्वास्थ्य अधिकृत उमेशलाल कर्णले बताए  । 


उनले भने नियम विपरित सञ्चालनमा रहेका सवै स्वास्थ्य कार्यालयलाई सात दिनभित्र संस्था बन्द गरी जिल्ला प्रशासन कार्यलय र स्वास्थ्य कार्यालयमा जानकारी दिन पत्राचार गरिएको बताए । ‘७ दिनभित्र स्वास्थ्य संस्था बन्द नगरे गैह्रकानूनी रुपमा संस्था सञ्चालन गरेको अभियोगमा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने कर्णले जनाए ।


स्वास्थ्य कार्यालय सिरहामा २०७५ भदौ २० गते प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बसेको बैठकले नविकरणका लागि २ महिनाको समय तोकेको थियो । यता निजी स्वास्थ्य संस्था सञ्चालकहरुले भने आफूहरुले स्थानीय तहसँग स्वीकृति लिएको र नविकरण गरिरहेको जनाएका थिए । तर  उनीहरुले स्थानीय तहको कार्यविधिअनुसार १५ शैयाको अस्पतालको नविकरण गर्ने अधिकार भएकोले अहिले त्यहीबाटै नविकरण गराउने वहाँहरुको दावी रहेको जिल्ला जनस्वास्थ कार्यालय सिरहाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु