2026-10-04 08:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

लिम्बु चलचित्र “के” ले उत्कृष्ट चलचित्रको अवार्ड जित्यो

कमल घिमिरे।जेष्ठ२७।पाँचथर,पाँचथरमा निर्माण गरिएको लिम्बु चलचित्र “के” ले उत्कृष्ट चलचित्रको अवार्ड हात पार्न सफल भएको छ ।

गत जेष्ठ २४,२५ र २६ गते काठमाण्डौमा सम्पन्न भएको तेस्रो आदिबासी जनजाती चलचित्र महोत्सवमा प्रदर्शन भएका दुइ दर्जन धेरै विभिन्न समुदायको सँस्कार र संस्कृतिमा आधारित चलचित्रहरुलाई पछाडी पार्दै चलचित्र ”के”ले प्रथम स्थान सहित उत्कृष्ठ अवार्ड हात पारेको हो ।

किराँत लिम्वूहरुको सँस्कार र संस्कृतिमा आधारित मौलिक बाजा च्यावु्रङको महत्व र यो बाजा निर्माण गर्नका लागि आवशयक सामग्री जुटाउन हुने गरेको कानूनी अड्चनका कथा चलचित्र “के” मा समेटिएको छ ।

 सागर केरुङको लेखन तथा निर्देशनमा तयार पारिएको चलचित्रमा इसन केरुङ र बुद्धराज लिम्बूको निर्माण, प्रेम पन्दाकको संगीत, सुनिता सुब्बाको स्वर, सञ्जय आचार्यको छयाङ्कन , मधु केरुङ, बबिता फोम्बो, कमल घिमिरे, रुपा आङबुहाङ, प्रेम ओझा, मनकुमार केरुङ, सुक्मिता केरुङ, सन्देश सुब्बा, डिआर हाङ्सरुम्बा, आर।के। थेबे , अप्सरा नेउपाने, संघर्ष खतिवडा, संगीता लावती, दिपक खनाल लगायतले अभिनय गरेका छन् । 

 चलचित्र याक्थुङ मुन्चइत चोक सयङले किराँत याक्थुङ चुम्लुङ,लिम्वू सास्कृतिक परिषद,याक्थुङ हाक्पारे पालाम सयङ,याक्थुङ लेखक संघ, लिम्वू विद्यार्थी मञ्च,याक्थुङ केलाङ सयङ,याक्थुङ युवा मञ्च,संघीय लिम्वुवान मंच, र याक्थुङ युवा मञ्च लगायतका सस्थासँगको समन्वयमा तयार पारेको हो ।

यो चलचित्र पाँचथरका विभिन्न स्थानमा छायांकन गरिएको थियो । आदीवासी जनजाती महोत्सवमा प्रथम भएसँगै निर्देशक सागर केरुङले फेसवुक मार्फत चलचित्र निर्माणका समयमा सहयोग पु¥याउने सवैलाई धन्यवाद दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर