२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुर अस्पतालमा ३२ जोर्नी प्रत्यारोपण

२०७६, २७ जेष्ठ सोमबार १४:३७

जेठ २७, चितवन । भरतपुर अस्पतालमा ३२ वटा जोर्नी प्रत्यारोपण गरिएको छ । घुँडाको १८ वटा र पुठोका १४ वटा प्रत्यारोपण गरिएको हो । दुई वर्ष छ महीनाअघिदेखि अस्पतालमा जोर्नी प्रत्यारोपण शुरु गरिएको हो । 

दिल्लीको एपोलो अस्पतालमा तीन महीनाको तालीम लिनुभएका भरतपुर अस्पतालका हाडजोर्नी विभागका प्रमुख डा श्रवणकुमार थापाको नेतृत्वमा प्रत्यारोपणको काम भइरहेको छ । उहाँका अनुसार वृद्धावस्थामा खिइएर, बाथ, चोटपटक, हड्डीको क्षयरोगलगायतका कारण जोर्नीले काम नगरेपछि प्रत्यारोपण गर्ने गरिएको छ । 

निजी अस्पतालमा महङ्गो हुने भए पनि सरकारी अस्पतालमा कम मूल्यमा प्रत्यारोपणको काम हुने गरेको छ । शल्यक्रिया गरेर प्रत्यारोपण गर्ने काम महङ्गो नभए पनि परिवर्तन गर्ने जोर्नी महङ्गो हुने हुँदा खर्चिलो हुने गरेको हो । थापाका अनुसार घुँडा प्रत्यारोपण गर्दा रु दुई लाख २० हजार र पुठोको रु एक लाख २० हजार हाराहारी जोर्नी खरीद गर्न खर्च लाग्ने गर्दछ । 

घुँडाको अमेरीकाबाट र पुठोको भारतीय कम्पनीका सामग्री यहाँ बढी प्रयोग हुने गरेको जनाइएको छ । शल्यक्रिया गरी प्रत्यारोपण र औषधि लगायतमा रु ४० हजार हाराहारी खर्च हुने गर्दछ । उहाँका अनुसार राजधानी बाहिर सरकारी अस्पतालमा यही मात्र प्रत्यारोपण हुने गरेको छ । प्रत्यारोपणका लागि अस्पतालमा अत्याधुनिक शल्यक्रिया कक्ष चाहिने गर्दछ । 

उहाँले अस्पतालमा रहेको शल्यक्रिया कक्षलाई जिवाणुरहित बनाएर प्रत्यारोपण गर्ने गरेको जानकारी दिनुभयो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले निजीमा भन्दा कम खर्चमा सरकारी अस्पतालमा जोर्नी प्रत्यारोपण गर्न सकिने बताउनुभयो । निजीमा यहाँको भन्दा रु एक लाखभन्दा बढी खर्च लाग्ने उहाँको भनाइ छ ।  

अस्पतालमा तालीम प्राप्त विज्ञ चिकित्सक रहेकाले प्रत्यारोपण गराउनेको रोजाइ सरकारी अस्पताल हुने गरेको बगालेले बताउनुभयो । महङ्गो खर्च लाग्ने, बीमा नहुने, सरकारी छुट नपाइने र प्रत्यारोपणको जनचेतना नहुँदा सोचेअनुसारका बिरामी नआएका अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो । घुँडा प्रत्यारोपण गर्ने अधिकांश ज्येष्ठ नागरिक हुने गरेका छन् ।

होटल तथा रेष्टुरेन्टमा अनुगमन

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय चितवनको संयुक्त अनुगमन टोलीले आज नारायणगढको लायन्स चोक क्षेत्रमा रहेका सात वटा होटल तथा रेष्टुरेन्टको अनुगमन गरेको छ । अनुगमनको क्रममा रेष्टुरेन्टहरुले मापदण्ड विपरीत खानामा रङको प्रयोग गरेको पाइएको छ । खाद्य निरीक्षक प्रदीप काफ्लेका अनुसार श्रेष्ठ तन्दुरी रेष्टुरेष्ट एण्ड थकाली भान्साघर, मुगल किचन, ग्राउण्ड जिरो, मामाघर रेष्टुरेन्टमा अत्यधिक रङको प्रयोग गरेको पाइएको हो । यस्तै अनुगमन भएका होटलहरुमा भान्साको व्यवस्थापनमा निकै कमजोरी देखिएको खाद्य निरीक्षक काप्mलेले जानकारी दिनुभयो ।

लायन्स चोकमा रहेको ट्रेन्स मःम कर्नर, एभरेष्ट मःम रेष्टुरेष्ट, मुगल किचन, मामाघर रेष्टुरेन्ट, मान्द्रो किचन र श्रेष्ठ तन्दुरीको भान्छामा काम गर्ने व्यक्तिलाई पोशाकको व्यवस्था गर्न निर्देशन दिइएको छ । 

अनुगमन टोलीले अनुगमन गरेको रेष्टुरेन्टबाट धेरै दिनदेखि फ्रिजमा राखिएको खाने वस्तुहरु नष्टसमेत गरिएको काफ्लेले बताउनुभयो । निरीक्षण भएका सबै होटल तथा रेष्टुरेन्टका सञ्चालकसहित मुख्य भान्सेलाई दुई दिनभित्र खाद्य निरीक्षण कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी