Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

७० बर्षको उमेरमा घर आगनमै नागरिकता पाउदा जानसरा खुसी (फोटो फिचर)

२०७६, २७ जेष्ठ सोमबार १६:०८

दान बहादुर बुढा | जेष्ठ २७, मुगु | मुगु जिल्लाको अति बिकट मानिएको सोरु गाँउपालिकाका वडा नम्बर ६ बस्ने बर्ष ७० की जानसर कार्कीले ७० बर्षको उमेर सम्म नेपाली नागरीता नपाउदा निकै दुखी थिईन् तर जिल्ला प्रशासन कार्यालयको आयोजना तथा सरोकार वाला सरकारी कार्यालय र स्थानिय सरकारको आयोजनामा संचालित घुम्ती शिविरबाट घर-आगनमा नै नागरिकता पाउँदा जानसरा कार्की निकै खुसी भएकी छन् ।


आफुसँगैकाले बृद्धभत्ता र अन्य सरकासी सेवा पाएको देख्दा आफ्नो आखाबाट आसु आउथे । उनका अनुसार सरकारले अहिले गरिवको दया देखेर घरदैलोमै आएर नागरिकता दिएको भन्दै उनले खुसि व्यक्त गरिन्, अब बृद्धभत्ता र सरकारी सेवा लिन पाउने भएकोमा निकै खुसी लागेको उनले बताइन ।

जिल्ला प्रशासन कार्यालय मुगुको आयोजनामा  तथा सोरु गाँउपालिकाको सहयोग समन्वय र जिल्ला स्थित बिषयगत सरकारी कार्यालयको सहगागितामा २०७६जेष्ठ २४ गते देखी २०७६जेष्ठ २६ गते सम्म तीन दिने एकिकृत घुम्ती सेवा सोरु गाँउपालिकाको सोरुकोटमा संचालन गरिएको थियो ।


आधा दशक पहिला सरकारी कार्यालयहरुले स्थानिय बासीको गाँउ-घर टोलटोलमा आउदा  सरकारी सेवा पाएका हौँ । त्यसपछि सामान्य औषिधीका टाटा र अन्य केही सेवा मात्र पाएका छौ । यो पटक जिल्ला प्रशासन कार्यालय र स्थानिय सरकारको आयोजनामा संचालन गरिएको यो घुम्ती सेवाबाट दुर्गम बिकट बस्तीका हामी बासिन्दाहरु सरकारी सेवा नागरिकता, स्वास्थ्य परिक्षण, लगाएतका अन्य सेवा पाउदा निकै खुसी भएको सोरु गाँउपालिका भिई भिद गाँउकी ६७ बर्षय सपुरा धामीले बताएकी छन । 

तीन दिनसम्म संचालन गरिएको घुम्ती शिविरमा सबैभन्दा पहिले जिल्ला प्रशासन कार्यालयबाट बितरण गरिने नेपाली नागरिकता सोरु गाँउपालिका वडा नम्बर २ बस्ने रोसन शाहीलाई गाँउपालिकाका अध्यक्ष लोक बहादुर शाहीले बितरण गरी घुम्ती शिविरको उद्घाटन गरिएको सोरु गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत पारस उपाध्याले बताएका छन् ।


जिल्ला प्रशासन कार्यालयबाट घुम्ती शिबिरमा नेपाली नागरिता महिला १ सय ३४ जना पुरुष २ सय ३७ जना र नागरिकताको प्रतिलिपी २१ जना गरी ३ सय ९२ जनालाई नागरीकता बितरण गरिएको मुगु जिल्ला अस्पतालबाट नि-शुल्क स्वास्थ्य औषधी बितरण २ सय ९ महिला, १ सय ४५ पुरुष, ४६ जना बालबालिका गरी जम्मा ४ सय जनाले सेवा पाएको छन् भने मालपोत कार्यालयबाट पुरानै लालपुर्जा खीची नयाँ रातो लालपुजा बितरण १६ जना जग्गा नामसारि २२ जना वण्डपत्र ७ जना गरी ४५ जनाले मालपोत कायलयबाट सेवा लिएका छन् । जिल्ला निर्वाचन कार्यालयबाट १ सय ९८ जना पुरुष, १ सय २९ जना गरी ३ सय २७ जनाले मतदाता नामावलीमा दर्ता गरेको छ । भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रबाट स्थानिय १ सय १५ जना पशु कृषकका गाई, गोरु, भेडा बाख्रा, भौसी गरी ३ हजार १ सय ३७ पशु चौपायलाई निशुल्क उपचार तथा औषधी बितरण गरेका छन् । १ सय ५१ जना कृषहरुलाई बिभिन्न जात र थरीका तरकारीका बिउ बिजन गरी ९ सय ६ पिस तरकारीको बिउ बितरण कृषि ज्ञान केन्द्र सम्पर्क केन्द्रले बितरण गरेको छ । डिभिजन बन कार्यालय मुगुले बिभिन्न बन सम्बन्धि जनचेतना मुलक प्रचार सामाग्री १ हजार थान बितरण गरेको छ । घरेलु तथा साना उद्योग बिकास समितिबाट ३ जनालाई परामर्श सेवा दिएको एकिकृत घुम्ती सेवा सिबिरका आयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप कुमार ढकालले एक प्रतिबेदन सहित सरकारी कार्यालय बाट र स्थानिए सरकार बाट सेवाग्राहीलाई प्रदान गरीएको सेवा बारे जानकारी गराएका छन । 


सदरमुकाम गमगढी बजारबाट दुई दिन टाढा रहेको यो सोरु गाँउपालिका भित्र रहेको स्थानिय जनताहरुले जिल्लामा गएर नागरीकता लगाएत अन्य सरकारी सेवा समयमा लिन नसक्ने भएको हुदा सरकारी सेवाबाट बन्चित रहेको गुनासो निकै आएको हुँदा जिल्ला प्रशासन कार्यालय र अन्य सरोकार वाला निकायहरुसंग लामो समन्वय पछि बल्ला ३ दिने घुम्ती सेवा सन्चालन गर्न सकेका छौ । आजै २/४ दिन घुम्ती सेवा संचालन गर्ने लक्ष्य भए पनि आर्थिक मसान्तमा सरकारी कार्यलयलाई कार्यालयको अन्य काम र स्थानिय सरकारलाई पनि कामको निकै चटारो भएको हुँदा अझै स्थानिय जनताहरुलाई सेवा लक्ष्य अनुसार दिन नसकेको हुँदा स्थानियय जनताहरुलाई पुन: घुम्ती सेवा सन्चालन गर्ने बाचा गर्दै जिल्ला प्रशासन कार्यालय लगाएत अन्य सरकारी कार्यालय धन्यवाद दिदै सोरु गाँउपालिकाका अध्यक्ष लोक बहादुर शाहीले ३ दिने घुम्ती सेवा समापन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी