२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

शिक्षकमाथि आक्रमण गर्ने व्यक्तिलाइ कारवाहिको माग

२०७२, २६ मंसिर शनिबार ०६:४१

 प्रज्वल पौडेल/मंसिर २६, रामेछाप ।
शिक्षकमाथि आक्रमण गर्ने व्यक्तिलाइ कारवाहिको माग गर्दै अरुणोदय मावि सैपु, फेदीले एक
विज्ञप्ति जारी गरेको छ । मंसिर २४ गते बिहिबार विहान विद्यालय आउदै गर्दा शिक्षक सन्तोष पौडेलमाथि
स्थानीय ३ युवाले सिस्ने खोलामा एक्कासी सांघातिक आक्रमण भएको बताइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाप्रसाद पौडेल, प्रधानाध्यापक हितकुमार कार्कीद्धारा
हस्ताक्षरित विज्ञप्तीमा लोकतन्त्रको मूल्य मान्यता र मानव अधिकारको ठाडो उल्लङ्घन गरी स्वतन्त्र पूर्वक
बाँच्ने र काम गर्ने अधिकारको हनन भएको ठहर गरेको छ । ज्यान लिने नियत राखेर आक्रमण भएको भन्दै
विद्यालयले सो घटनाको घोर निन्दा एवम् भर्सना गरेकोे छ ।

विज्ञप्तीमार्फत आक्रमण गर्ने सैपू १ पोकुका स्थानीय समीर तामाङ, सन्तोष तामाङ र सन्ते
तामाङलाई नियमानुसार कारवाहि गर्न माग गर्दै सम्वन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।
यता प्रहरी
चौकी चौकि सैपू सिरिसेले सांघातिक आक्रमण गर्ने व्यक्तिलाइ इलाका प्रहरी कार्यालय धोवीमा बुझाएपछि
आइतबार जिल्ला प्रहरी कार्यलय रामेछापमा उपस्थित हुने गरि छाडिएको प्रहरी निरिक्षक हरिकृष्ण खत्रीले
जानकारी दिए ।

यसैविच अरुणोदय माविका विद्यार्थीहरुले
शुक्रबार विद्यालयमा कालो झण्डा गाडेर शिक्षकलाई आक्रमण गर्ने माथि कारवाहिको माग गरेका छन् । दोषिलाइ
उम्कन दिन नहुने भन्दै उनीहरुले हस्ताक्षर संकलन गरी विद्यालय व्यवस्थापन समितिमा समेत बुझाएका छन् ।
उनीहरुले दोषीलाई कारबाहि नगरिए विद्यालय बन्द गरेर आन्दोलन गर्ने नवज्योति बाल क्लबका अध्यक्ष राजकुमार
कार्कीले बताए । नेविसंघ गठनको विषय लिएर शिक्षकमाथि आक्रमण भएको भन्दै गठन भएको एकहप्ता नवित्दै
नेविसंघका इकाइ समितिमा रहेका अधिकासं विद्यार्थीहरुले राजीनामा दिएका छन् ।

ramechhap

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल