२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

बिरामीको रोजाइमा भरतपुर अस्पताल

३० जेष्ठ २०७६, बिहीबार ०६:४८

नारायण अधिकारी,  जेठ ३०, चितवन । यहाँको सरकारी अस्पताल भरतपुर अस्पतालमा उपचार गर्नका लागि लामो समय पालो कुर्नुपर्छ । प्रचण्ड गर्मीका कारण असिनपसिन भएर पनि यस क्षेत्रका बिरामीको उपचारमा पहिलो रोजाइ भने यही अस्पताल हुने गरेको छ । 

जिल्लामा दुई सुविधासम्पन्न मेडिकल कलेज र २५ भन्दा बढी साना–ठूला अस्पताल छन् । पालो पाएसम्म अधिकांश बिरामीको रोजाइ सरकारी अस्पताल हुने गरेको छ । नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा प्रकाश खतिवडा विज्ञचिकित्सकको समूह हुनु, धेरै विभागबाट सेवा पाउनु, निजीको तुलनामा निकै सस्तोमा उपचार र औषधि पाउनु, बिमालगायतका महत्वपूर्ण कार्यक्रम भएकै कारण बिरामीको पहिलो रोजाइ भरतपुर अस्पताल भएको बताउनुहुन्छ । यहाँका निजी अस्पतालमा एउटा विभागको एक विज्ञचिकित्सक हुने भए पनि सरकारी अस्पतालमा एउटै विभागमा १० सम्म विज्ञचिकित्सक छन् ।

सरकारी अस्पतालका चिकित्सककै भरमा यहाँका निजी अस्पताल चलेका छन् । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्ववन्धु बगाले अस्पतालका विज्ञचिकित्सकसहितको उच्च गुणस्तरीय उपकरणका कारण बिरामीको पहिलो रोजाइ यस अस्पताल पर्ने गरेको बताउनुहुन्छ ।

राजधानी बाहिर जोर्नी प्रत्यारोपण यही अस्पतालमा हुने गरेको छ । बगालेका अनुसार १२ उपकरणबाट निःशुल्क डायलासिस, २० श्ययाको सघन उपचारकक्ष, १२ श्ययाको बाल सघन उपचारकक्ष, सिटीस्क्यानजस्ता सेवा सरकारी अस्पतालमा उपलब्ध छन् । यससँगै न्यून शुल्कमा प्रयोगशालाको सेवा बिरामीले पाएका छन् । मुखभित्र पाइप हालेर पित्तथैलीको नलीभित्रको ढुङ्गा निकाल्ने इआरसिपी राजधानी बाहिर यहाँ मात्रै हुने बगालेले बताउनुभयो ।

बगालेले औषधिमा उल्लेख गरेको दरभन्दा ५० प्रतिशतसम्म छुटमा ‘फार्मेसी’बाट बिरामीले औषधि किन्न पाएको जानकारी दिनुभयो । प्रसूतिको उपचारमा राजधानी बाहिरको उत्कृष्ट अस्पतालका रूपमा भरतपुर अस्पताललाई लिने गरिन्छ । राजधानीको प्रसूतिगृहपछि सबैभन्दा बढी बच्चा जन्माउने अस्पताल भरतपुर हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत वर्ष १६ हजार २४३ महिलाले यहाँ बच्चा जन्माएका छन् ।

जिल्लामा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम (बिमा)को प्रथम सेवाविन्दु भरतपुर अस्पताल हो । दैनिक ७०० हाराहारीले यहाँबाट बिमा सेवा लिने गरेको पौडेलको भनाइ छ । गरीब तथा असाहयका लागि पूर्ण छुटमा यसै अस्पतालबाट सेवा दिइँदै आएको छ । उपचारसँग सम्बन्धित सिफारिससँगै कानूनी प्रक्रियाका लागि पनि भरतपुर अस्पताल नै पुग्नुपर्ने अवस्था छ । मृत्यु भएकाको शव परीक्षण र बेवारिसे शवको व्यवस्थापन यसै अस्पतालमा हुँदै आएको छ । 

अस्पतालमा १४ विभागमार्फत सेवा दिइँदै आएको छ । अस्पतालमा शैक्षिक कार्यक्रमसमेत सञ्चालन भएकाले बिरामीलाई केही सहजता मिल्ने गरेको छ । प्रवीणता प्रमाणपत्र र स्नातक नर्सिङ यहाँ पढाइ हुन्छ । यससँगै आवासीयरूपमा एमडी पढ्न नाम्सबाट विद्यार्थी आएको पौडेलले जानकारी दिनुभयो ।

विसं २०१३ मा १५ श्ययाबाट शुरु भएको भरतपुर अस्पताल अहिले ६०० श्ययामा पुगेको छ । दैनिक एक हजार ५०० हाराहारी बिरामीले बहिरङ्ग सेवा लिँदै आएका छन् । हालै मात्र यस अस्पताल केन्द्रीय अस्पतालको रूपमा विकास भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो