2026-09-01 02:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

बिरामीको रोजाइमा भरतपुर अस्पताल

नारायण अधिकारी,  जेठ ३०, चितवन । यहाँको सरकारी अस्पताल भरतपुर अस्पतालमा उपचार गर्नका लागि लामो समय पालो कुर्नुपर्छ । प्रचण्ड गर्मीका कारण असिनपसिन भएर पनि यस क्षेत्रका बिरामीको उपचारमा पहिलो रोजाइ भने यही अस्पताल हुने गरेको छ । 

जिल्लामा दुई सुविधासम्पन्न मेडिकल कलेज र २५ भन्दा बढी साना–ठूला अस्पताल छन् । पालो पाएसम्म अधिकांश बिरामीको रोजाइ सरकारी अस्पताल हुने गरेको छ । नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा प्रकाश खतिवडा विज्ञचिकित्सकको समूह हुनु, धेरै विभागबाट सेवा पाउनु, निजीको तुलनामा निकै सस्तोमा उपचार र औषधि पाउनु, बिमालगायतका महत्वपूर्ण कार्यक्रम भएकै कारण बिरामीको पहिलो रोजाइ भरतपुर अस्पताल भएको बताउनुहुन्छ । यहाँका निजी अस्पतालमा एउटा विभागको एक विज्ञचिकित्सक हुने भए पनि सरकारी अस्पतालमा एउटै विभागमा १० सम्म विज्ञचिकित्सक छन् ।

सरकारी अस्पतालका चिकित्सककै भरमा यहाँका निजी अस्पताल चलेका छन् । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्ववन्धु बगाले अस्पतालका विज्ञचिकित्सकसहितको उच्च गुणस्तरीय उपकरणका कारण बिरामीको पहिलो रोजाइ यस अस्पताल पर्ने गरेको बताउनुहुन्छ ।

राजधानी बाहिर जोर्नी प्रत्यारोपण यही अस्पतालमा हुने गरेको छ । बगालेका अनुसार १२ उपकरणबाट निःशुल्क डायलासिस, २० श्ययाको सघन उपचारकक्ष, १२ श्ययाको बाल सघन उपचारकक्ष, सिटीस्क्यानजस्ता सेवा सरकारी अस्पतालमा उपलब्ध छन् । यससँगै न्यून शुल्कमा प्रयोगशालाको सेवा बिरामीले पाएका छन् । मुखभित्र पाइप हालेर पित्तथैलीको नलीभित्रको ढुङ्गा निकाल्ने इआरसिपी राजधानी बाहिर यहाँ मात्रै हुने बगालेले बताउनुभयो ।

बगालेले औषधिमा उल्लेख गरेको दरभन्दा ५० प्रतिशतसम्म छुटमा ‘फार्मेसी’बाट बिरामीले औषधि किन्न पाएको जानकारी दिनुभयो । प्रसूतिको उपचारमा राजधानी बाहिरको उत्कृष्ट अस्पतालका रूपमा भरतपुर अस्पताललाई लिने गरिन्छ । राजधानीको प्रसूतिगृहपछि सबैभन्दा बढी बच्चा जन्माउने अस्पताल भरतपुर हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत वर्ष १६ हजार २४३ महिलाले यहाँ बच्चा जन्माएका छन् ।

जिल्लामा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम (बिमा)को प्रथम सेवाविन्दु भरतपुर अस्पताल हो । दैनिक ७०० हाराहारीले यहाँबाट बिमा सेवा लिने गरेको पौडेलको भनाइ छ । गरीब तथा असाहयका लागि पूर्ण छुटमा यसै अस्पतालबाट सेवा दिइँदै आएको छ । उपचारसँग सम्बन्धित सिफारिससँगै कानूनी प्रक्रियाका लागि पनि भरतपुर अस्पताल नै पुग्नुपर्ने अवस्था छ । मृत्यु भएकाको शव परीक्षण र बेवारिसे शवको व्यवस्थापन यसै अस्पतालमा हुँदै आएको छ । 

अस्पतालमा १४ विभागमार्फत सेवा दिइँदै आएको छ । अस्पतालमा शैक्षिक कार्यक्रमसमेत सञ्चालन भएकाले बिरामीलाई केही सहजता मिल्ने गरेको छ । प्रवीणता प्रमाणपत्र र स्नातक नर्सिङ यहाँ पढाइ हुन्छ । यससँगै आवासीयरूपमा एमडी पढ्न नाम्सबाट विद्यार्थी आएको पौडेलले जानकारी दिनुभयो ।

विसं २०१३ मा १५ श्ययाबाट शुरु भएको भरतपुर अस्पताल अहिले ६०० श्ययामा पुगेको छ । दैनिक एक हजार ५०० हाराहारी बिरामीले बहिरङ्ग सेवा लिँदै आएका छन् । हालै मात्र यस अस्पताल केन्द्रीय अस्पतालको रूपमा विकास भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला