२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

चुचुरे गाविसमा परिषद सम्पन्न

२९ मंसिर २०७२, मंगलवार ०८:४७

मंसिर २९, रामेछाप । चुचुरे गाउँविकास समितिको २१ औ गाउँ परिषदएवं बजेट तथा
कार्यक्रम सार्वजनिकीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । चुचुरे गाविसका गाविस सचिव नरेश गिरीको
अध्यक्षता तथा राप्रपा नेपालका जिल्ला अध्यक्ष एवं पूर्व गाविस अध्यक्ष मणीराज तामाङको प्रमुख
आतिथ्यतामा कार्यक्रम सम्पन्नभएको हो ।
ramechhap 1

गाविस
परिषदले स्थानीय निकाय स्रोत परिचालन तथा ब्यवस्थापन कार्यविधि–२०६९ ले गरेको प्रावधान गाविसमा प्राप्त
कूलपुँजीगत रकम रु १९,४३,०००। मध्ये लक्षितवर्ग अन्तर्गत महिलाको लागि रु १,८५,१२९, बालवालिकाको लागि रु
१,८५,१२९, दलित, जनजाति, अपाङ्ग र जेष्ठ नागरिकको लागि रु २,७७,६९३ विनियोजन गरी कार्यान्वय गर्ने
निर्णय गरेको छ । त्यसैगरि कृषि क्षेत्र विकासको लागि रु १,८५,१२९, गाविसकापूर्वाधारजन्य योजना संचालनको
लागि रु ६,१०,९२५ र प्रवद्र्धनात्मक क्षेत्रको लागि रु ४,०७,२८३ रकमविनियोजन गरिएको छ । गाविस परिषदले
वडानागरिक मञ्चवाट प्राथमिकिकरण निर्धारणभई आएका विभिन्न २९ वटा योजनाहरुलाई संसोधन
सहितकार्यान्वयनगर्ने निर्णय गरेको छ ।

गाविस सचिव गिरीले
उक्तनिर्णयहरु सार्वजनिकीकरण कार्यक्रममा गत आवको समिक्षात्मक प्रस्तुती गर्नुका साथै चालु आ.व २०७२÷०७३
को संसोधित कार्यक्रम प्रस्तुतगर्नु भएको थियो । परिषदले आगामिआ.व २०७३/०७४ को लागि रु २१,३७,३००
वरावरको प्रस्तावित योजनाहरु समेत तर्जुमा गरेको छ ।

ramechhap 2

गाविसको उक्त निर्णयहरु सार्वजनिकीकरण कार्यक्रममा
प्रमुख अतिथिमणी राज तामाङ, विषेश अतिथिहरु नेपाली काँग्रेसका महासमिति सदस्यपूर्ण बहादुर तामाङ
कान्छाराम, स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि परियोजना रामेछापका जिल्ला संयोजकउमङ्ग मैनाली लगाएतले
योजना तर्जुमाका साथै कार्यान्वयनमा समेत सक्रियतापूर्वक लाग्नु पर्नेमा जोड दिनु भएको थियो । उहाँहरुले
ठोस योजनाहरुको लागि केन्द्र तथा विषयगत कार्यालयहरुमा समेत लैजाने किसिमका योजना बनाउँदै आन्तरिक आयमा
जोड दिने योजनाहरु निर्माणमा लाग्नु पर्नेमा बताउनु भएको थियो । उक्त समारोहमा गाविसका नौ जना जेष्ठ
नागरिकलाई दोरल्ला र खानेकुरा तथा सात जना अपाङ्गहरुलाई दुई हजारको दरले नगद सहित सम्मान गरिएको थियो

ramechhap 3

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव