2026-09-01 02:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा द फर्न रेजिडेन्सी होटल

जेठ ३२, चितवन । चौधरी समूह (सिजी)ले भरतपुरमा निर्माण गरेको ल्याण्डमार्क कम्प्लेक्समा सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको छ । ‘सिजी हस्पिटालिटी’ अन्तर्गत द फर्न रेजिडेन्सीको नामबाट चेन होटल सञ्चालनमा ल्याइएको शुक्रबार यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । चार तारेसरहको सुविधा दिने गरी यसै महीनाबाट होटलले सेवा दिन शुरु गरेको छ । 

नेपाल भित्रने पर्यटकका लागि चितवन तेस्रो गन्तव्य हो । यस क्षेत्रमा जङ्गल सफारी र व्यावसायिक प्रयोजनको लागि घुमघाम गर्न आउने पर्यटकलाई लक्षित गर्दै सिजीले यो होटल सञ्चालनमा ल्याएको जनाएको छ ।

होटलका महाप्रबन्धक सुरज थापाका अनुसार बहुतले भवनको पाँचौँ तल्लादेखि दशौँ तल्लासम्म ४८ कोठा रहेका छन् । सबै कोठाबाट भरतपुरको मनोरम दृश्यावलोकन गर्न सकिनेछ । छैटौँ तल्लामा पौडी पोखरी, अपाङ्गमैत्री कोठा र दुई वटा १५० जना अट्ने सभा कक्ष रहेका छन् । 

होटलले प्रयोगमा आएका पानी र ठोस पदार्थलाई प्रशोधन गरी पुनः प्रयोगमा ल्याएको छ । यो समूहले ‘द फर्न रेजिडेन्सी’ ब्राण्डमा यसअघि काठमाडौँको सोल्टीमोडमा व्यावसायिक होटल सञ्चालनमा ल्याइसकेको छ । जिल्लाको मेघौलीमा पनि चौधरी समूहको होटल ताज रहेको छ । चेन होटल द फर्न रेजिडेन्सी नेपाल भारत र युरोपमा गरी ६३ वटा छ । भवनमा सपिङ कम्प्लेक्स, फुडकोर्ट, सिनेमा घर, रिक्रिएशन सेन्टर, बैंक, ट्राभल एजेन्सीसहितको सुविधा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला