2026-08-25 08:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाईते, दुई गम्भीर

असार १, खोटाङ | खोटाङको नुनथलामा ट्याक्टर दुर्घट्ना हुंदा पाँचजना घाईते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको धौलाङमा ना ४ त ७१५५ नम्बरको ट्याक्टर दुर्घट्ना हुंदा दुईजना गम्भीर घाईते भएका छन् । गम्भीर हुनेमा चालक र सह चालक छन् ।

दिक्तेलको मुढेबाट धौलाङमा ढुंगा लिन जादै गरेको खाली ट्याक्टर शनिबार साँझ ६:२० वजे दिक्तेल–हलेसी सडकखण्डको सडकबाट अन्दाजी ६ सय मिटर तल खसेर दुर्घट्ना भएको हो । दुर्घटनामा चालक जालपाका २२ वर्षीय सर्वण श्रेष्ठ र सह चालक रावाबेंशी गाउँपालिका–३ लामिडाँडाका अन्दाजी १६ वर्षीय चुलेन्द्र विसंखे गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशव कुमार कटवालले जानकारी दिए ।

यस्तै, दुर्घट्नामा बुइपाकी अन्दाजी १८ वर्षीय शर्मिला परियार, १७ वर्षीय अशोक परियार र सोही ठाउँ बुईपा छापगाउँका अन्दाजी २० वर्षीय सरिता राई घाईते भएका छन् । चालक श्रेष्ठको कम्मरमुनीको भाग नचल्ने तथा सह चालक विसंखेको शरीरको विभिन्न भागमा चोट लागेको छ । 

शर्मिलाको निधार र कानमा गम्भीर चोट लागेको छ । सरीताको खुट्टामा चोट लागेको तथा अशोक सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरु सवैको स्वास्थ्य चौकी नुनथलामा प्राथमिक उपचार पश्चात थप उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याईएको छ । दुर्घट्नाका कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग