२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

बैदेशिक रोजगारमा जाने मानिस स्वयम् सचेत हुनुपर्छ: प्रजिअ पौडेल

२०७२, ३ पुष शुक्रबार ०८:०२

प्रज्वल पौडेल/ पुस ३, रामेछाप । रामेछापका
प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले बैदेशिक रोजगारमा जाने मानिस स्वयम् सचेत हुनुपर्ने बताएका छन्
। उनले विदेश जादाँ र पुगेपछि के कस्ता कार्य गर्नुपर्छ त्यसको पूर्व जानकारी लिएर मात्र जानुपर्ने बताए

अन्तराष्ट्रिय आप्रवासि दिवसको अवसरमा सामुदायिक जनशक्ति
विकास कार्यक्रम र चारघरे सेवा समिति रामेछापको आयोजनामा शुक्रबार मन्थलीमा भएको एक कार्यक्रममा पौडेलले
यस्तो बताएका हुन् । पौडेलले रोजगारमा जानु अगाडि सीप र परामर्स लिए ठगि हुनबाट जोगिन सकिने बताए

बैदेशिक रोजगारमा जाने मानिस समस्या नपर्दा सम्म सरकारी
संयन्त्रलाइ छलेर अगाडि बढ्ने गरेको बताउदै प्रमुख जिल्ला अधिकारी पौडेलले अलपत्र परेपछि मात्र सरकार
नखोज्ने गरेकाले झन् समस्या हुदै गएको धारणा राखे । प्रशासनले बैदेशिक रोजगारमा जाने व्यक्तिलाइ सोधपुछ
गर्दा यथार्थ कुरा नबताउँदा पनि उनीहरु पछि समस्यामा पर्ने गरेको बताए ।

पौडेलले बैदेशिक रोजगारीबाट हुने ठगी घटाउन सरकारी संयन्त्र लागी परिरहेको धारणा राखे । उनले
विदेशबाट भित्रने रकम र जाँदा लागेको लागत खर्चको विश्लेषण समेत गर्नू अहिलेको आवश्यकता भएको बताए ।
उनले देशले आफूलाई के दियो भन्दा पनि आफूले देशलाइ के दिए सोच्न आग्रह गरे ।

त्यसैगरी स्थानीय विकास अधिकारी दिनेश राज पन्तले विदेश जानु अघि आफूले गर्ने कामको
बारेमा जानकारी लिनुपर्ने बताएका छन् । उनले इजाजत प्राप्त नगरेका मेनपावर कम्पनी, दलाल र अनाधिकृत
रुपमा विदेश जान नहुने धारणा राखेका छन् । उहाँले बैदेशिक रोजगारमा जाने व्यक्तिले जानु अघि र पुगेपछि
गर्नुपर्ने कामको वारेमा गाउँ स्तरमा जनचेतना जगाउनुपर्ने धारणा राखे ।

कार्यक्रमका सहभागीहरुले विदेशमा रहँदा नेपाल सरकारले सहयोग नगरेको बताएका छन् । उनीहरुले
सरकारले नै दलाल पाल्ने गरेको महसूस आफूलाई भएको बताएका छन् ।

त्यसैगरी सहभागीले राजनैतिक दलले आफ्नो घोषणा पत्रमा समेत बैदेशिक रोजगारलाई सुरक्षित बनाउन
उल्लेख नगरेको, बैदेशिक रोजगारबाट भित्रीएको रकमको सहि सदुपयोग हुन नसकेको, पछिल्लो समयमा पारिवारिक
विखण्डन जस्ता समस्या देखा पर्दै गएको बताए थिए ।

उनीहरुले
जिल्ला स्तरमा विभिन्न उद्योग धन्दा संचालन गर्ने र कम्तिमा १० हजार मासिक कमाइ हुने बातावरण सिर्जना
गर्न सके विदेश जानुपर्ने बाध्यता नहुने बताए ।

कार्यक्रममा
आयोजक संस्थाले देश र जिल्लाको आप्रबासनको अवस्थाको बारेमा जानकारी गराइएको थियो । स्थानिय विकास
अधिकारी दिनेशराज पन्तको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलको प्रमुख आथित्यतामा भएको
सो कार्यक्रममा जिल्ला स्थित राजनैतिक दल, सरकारी तथा गैसस प्रतिनिधी, पत्रकार, बैदेशिक रोजगारमा पुगेर
फर्केका व्यक्तिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल