2026-10-04 08:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

लघुवित्तकी कर्मचारी २२ वर्षीया सुजाता तामाङको हत्यामा संलग्न पक्राउ

असार ५, फिदिम। गत मङ्गलबार पाँचथरको हिलिहाङ गाँउपालिका–६ केराबारीको सिटे जङ्गलमा भएको लघुवित्तकी कर्मचारीको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हिलिहाङ–३ गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्स लिमिटेडको शाखामा कार्यरत इलामकी २२ वर्षीया सुजाता तामाङको हत्यामा संलग्न हिलिहाङ–६ केराबारीका १९ वर्षीय जस्मिन भनिने घनेन्द्र लावती पक्राउ परेका हुन् ।

प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा खटिएको टोलीले लावतीलाई आज अपराह्न जङ्गलमा लुकेर बसेको अवस्थामा फेला पारेको हो । लावतीको साथबाट तामाङबाट लुटिएको रु ८१ हजार ७० नगद तथा तामाङको हत्यामा प्रयोग गरिएको खुकुरीसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिनुभयो । हत्यामा संलग्न लावतीमाथि थप अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।

हिलिहाङ गाँउपालिका–६ का सेर्चेप्पा र रातमाटे टोलमा रहेका एनएमबी माइक्रोफाइनान्सका दुई वटा समूहको बैठक सम्पन्न गरेर मेची राजमार्गमा रहेको जोरपोखरी बजार फर्कँदै गरेकी सोही संस्थाकी प्रशिक्षार्थी कामदार तामाङको मङ्गलबार दिउँसो घाँटी, पेट र हातमा खुकुरी प्रहार गरी हत्या भएको थियो । प्रत्येक महिनाको ३ गते हुने दुवै सूमहको बैठक सम्पन्न गरेर गोरेटो बाटो हिँड्दै गएकी तामाङको सिटे जङ्गलको सिद्धे खोल्सामा हत्या भएको थियो । घटनास्थल घना जङ्गलको बीचमा रहेका कारण आवाज बस्तीसम्म सुन्न नसकिने अवस्था रहेको वडाध्यक्ष कृष्णबहादुर यवाको भनाइ छ । तामाङ इलामको माईजोगमाई गाँउपालिका–२ घर भई विगत छ महिनादेखि उक्त लघुवित्तमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर