२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

प्रहरीले गर्यो गाँजाको बोट नष्ट

९ असार २०७६, सोमबार ०६:२९

असार ९, तनहुँ |  तनहुँको ब्यास नगरपालिका–७ जलादीगाउँमा प्रहरीले तीन सय बोट गाँजा नष्ट गरेको छ । बलबहादुर नेपाली र डिलकुमारी अधिकारीको जग्गामा उम्रिएका तीन सय बोट गाँजा प्रहरीले आइतबार नष्ट गरेको हो ।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी कार्यक्रम सञ्चालन भइरहेको सन्दर्भमा स्थानीयवासीको सहभागितामा गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

बारीमा उम्रिएको गाँजाका कारण युवाहरुको आवतजावत बढ्नसक्ने भएकाले स्थानीयवासीको सहयोगमा गाँजा फँडानी गरिएको प्रनाउ लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय चलिरहेको सन्दर्भमा स्थानीयवासीलाई लागुऔषध विरुद्ध सचेतना जगाउँदै गाँजा फँडानी गर्ने कार्यक्रम सञ्चालन गरेका छौँ ।”

गाउँघरमा स्थानीयवासीको बारीमा गाँजाका बोट उम्रिने गरेपछि स्थानीयवासीकै समन्वयमा प्रहरीले नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । स्थानीयवासीले आफूहरुले गाँजा नलागएको प्रष्ट पार्दै नष्ट गर्ने अभियानमा प्रहरीलाई साथ दिइरहेका छन् । प्रहरीले केही दिनअघि मात्रै भानु नगरपालिका–५ मैवलमा पनि गाँजाको बोट नष्ट गरेको थियो ।

कैदीबन्दीलाई लागुऔषध प्रशिक्षण

जिल्ला प्रहरी कार्यालय तनहुँले कारागारमा रहेका कैदीबन्दीलाई आइतबार लागुऔषध विरुद्ध प्रशिक्षण दिएको छ । कारागारमा रहेका थुनुवा तथा कैदीहरुलाई लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी कार्यक्रमअन्तर्गत लागुऔषधसम्बन्धी प्रशिक्षण दिइएको हो ।

प्रहरी निरीक्षक राजकुमार सुनार र न्यु डे फेलोसीपका पवन चुमी मगरले सहजीकरण गर्नुभएको प्रशिक्षणमा ९५ कैदीबन्दीको सहभागिता रहेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य