Skip to content
Friday, July 17, 2026 Nepali Online Media

गैंडाकोटमा दुर्घटना: विद्यार्थी नेता अधिकारीको निधन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चितवन, १० असार (रासस) :</b> नेपाल विद्यार्थी सङ्घ चितवन साविक क्षेत्र नं ४ का पूर्वसभापति ३९ वर्षीय तीलचन्द्र अधिकारीको दुर्घटनामा परी निधन भएको छ । सोमबार राति नवलपुरको गैँडाकोट नगरपालिका वडा नं २ इलाका प्रहरी कार्यालय अगाडि भएको दुर्घटनामा अधिकारीको निधन भएको प्रहरीले जनाएको छ ।&nbsp;</p><p>इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार नारायणगढतर्फ आउँदै&nbsp; गरेको ना ७ख ७७१ नंको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना२७प ५३६ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका अधिकारीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।&nbsp; मोटरसाइकललाई ठक्कर दिने ट्रक नियन्त्रणमा रहेको छ भने चालक फरार छन् ।</p>