२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

प्रधानमन्त्री क्रिकेट कप सुदूरपश्चिम फाइनलमा

१० असार २०७६, मंगलवार ०८:५०

असार १०, कञ्चनपुर |  कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको टोली फाइनलमा प्रवेश गरेको छ ।समूह ‘ए’को शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्रदेशले आज बिहानको खेल वर्षाका कारण प्रदेश नं २ सँग प्रतिष्पर्धा नै नगरी फाइनलमा प्रवेश गरेको हो ।

“वर्षाका कारण समूह ए मा शीर्ष स्थानमा रहेको सुदूरपश्चिमको टिम फाइनल पुगेको हो ।”प्रतियोगिता प्राविधिक कमिटीका संयोजक विनय झाले भन्नुभयो, “वर्षाका कारण प्रतियोगिता अवधिभर चार वटा खेल अवरुद्ध हुनपुगे ।”

मौसममा आएको सुधारका कारण आज दिउँसोपछि सशस्त्र प्रहरीको एपिएफ क्लब र प्रदेश नं १ बीच दोस्रो सेमिफाइनल प्रतियोगिता हुने संयोजक झाले जानकारी दिनुभयो ।

आइतबार र सोमबार आएको वर्षाका कारण खेल मैदानमा पानी जमेपछि प्रतियोगिता सञ्चालन गर्न नसकिएको आयोजकको भनाइ छ । आयोजक महाकाली स्पोर्ट सोसाइटीले सोमबार राति अबेरसम्म विभिन्न प्रयास गरेर खेल मैदानको पानी हटाउने काम गरे पनि आज बिहानको प्रतियोगिता हुन सकेन । समूह बी को दोस्रो स्थानमा रहेको प्रदेश नं २ सेमी फाइनल खेल्न नपाउँदै बाहिरियो ।

बुधबार बिहान हुने फाइनल प्रतियोगिताबाट उपाधि विजेता टिमले रु चार लाखसहित पुरस्कृत हुनेछ भने दोस्रो हुने टिमले रु तीन र तेस्रो हुने टिम रु दुई लाख नगदसहित पुरस्कृत हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो